Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णय अब संवैधानिक इजलासमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णय अब संवैधानिक इजलासमा
Photo / Coverage: पर्दाफास

<p>निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।</p> <p>न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको ठहर गर्दै उक्त आदेश दिएको हो । अब रिटमाथि प्रधान न्यायाधीशको नेतृत्वमा रहने संवैधानिक इजलासले सुनुवाइ गर्नेछ ।</p> <p>नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यसमितिका तर्फबाट भवानी दाहालले सरकारको निर्णयविरुद्ध रिट दायर गरेकी थिइन् । सर्वोच्चले यसअघि सोही रिटमा अन्तरिम आदेश दिएको थियो ।</p> <p>सरकारले गत साउनमा निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको थियो । ट्रेड युनियनका नेताहरूले त्यसको विरोध गरेका थिए ।</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो
OthersJust now

दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो

२ मंसिर, काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ११. ०५ अंक घटेको छ । यो कमीसँगै नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन १२.७९ अंकले बजार घटेको थियो । आज दिनभरजसो बजार रातो अंकमा रह्यो । ७० कम्पनीको मूल्य बढेको छ भने १९९ को… ...

अनलाइन खबर
लभको एउटा गल्तीले बिग्रियो सबैको खेल, टास्क रद्द भएपछि उदितिलाई कप्तानी
OthersJust now

लभको एउटा गल्तीले बिग्रियो सबैको खेल, टास्क रद्द भएपछि उदितिलाई कप्तानी

‘बिग बोस २०’ को घरमा कप्तानीको खेलले नयाँ मोड लिएको छ । घरको नयाँ क्याप्टेन बन्ने आशमा रहेका प्रतिस्पर्धीहरूबीच सहमति जुट्नुको सट्टा विवाद बढेपछि बिग बोसले क्याप्टेन्सी टास्क नै रद्द गरिदिएका छन् । अझ रोचक कुरा त के छ भने, टास्क पूरा नभए पनि उदिति सिंहले घरको कप्तानी पाएकी छिन् । शोसँग सम्बन्धित अपडेट दिने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play