Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
Photo / Coverage: हिमालय टाइम्स

कालीकोट । कर्णाली राजमार्ग अतिक्रमण गरेर निर्माण भएका संचरना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन, जुम्लाको कार्यक्षेत्र अन्तर्गत पर्ने कर्णाली राजमार्गको दैखोला–नाग्मा–जुम्ला सडक खण्ड र तथा नाग्मा–गमगढी सडक खण्डमा अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको हो । राजमार्गको दैखोलादेखि नाग्मा जुम्ला सडकमा र नाग्मा गमगढी सडक सीमा क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यापारिक मालसामान राख्ने, गाई वस्तु बाध्ने, बिस्कुन सुकाउने, निर्माण सामग्री थुपार्ने, सडक किनारामा अस्थायी वा खुद्रा व्यापार सञ्चालन गर्ने, टहरा, छाप्रा, घुम्ती, बार/घेराबार लगायतका अस्थायी वा स्थायी संरचना निर्माण गर्ने काम भएकाले तत्काल हटाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताउनुभयाे। ‘अतिक्रमणमा कर्णाली राजमार्गमा निर्माण भएका संरचना तत्काल हटाउन निर्देशन दिइएको छ,’ उहाँले भन्नुभयाे, ‘निर्माण गरिएका संचरना नहटाए आवश्यक कदम चालिने छ ।’ सडकको नाली, पेटी वा अन्य संरचना अवरुद्ध हुने गरी सामग्री राख्ने काम गर्ने कारणले सवारी आवागमन, सडक सुरक्षा, सडक मर्मत सम्भार तथा निर्माण कार्यमा अवरोध भएकाले ती संचरना हटाउन निर्देशन दिइएको र सार्वजनिक सूचना जारी गरिएको निमित्त प्रमुख महताराले जानकारी दिनुभयाे । उनले सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको र ३० दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा निकाय आफैले हटाई सडक क्षेत्र खाली गराउन र आगामी दिनमा समेत सडक सीमा क्षेत्राधिकार भित्र कुनै पनि किसिमका सडक संरचनामा अवरोध पुग्ने कार्य नगर्न अनुरोध गरिएको निमित्त प्रमुख महताराले बताउनुभयाे । ‘सडक खण्डहरूको सडक सीमा क्षेत्राधिकार भित्र राखिएका मालसामान, निर्माण सामग्री, व्यापारिक सामग्री, अस्थायी संरचना तथा अन्य अवरोधहरू नगर्न भनिएको छ,’ उहाँले भन्नुभयाे,‘यदी अटेर गरेर संरचना नहटाएमा आवश्यक कारबाही गरिनेछ ।’ सडक क्षेत्र खाली नगरेमा प्रचलित सार्वजनिक सडक ऐन, २०३१ तथा सम्बन्धित अन्य कानुन बमोजिम अनधिकृत संरचना तथा अवरोधहरू हटाउने र भत्काउने लगायतका आवश्यक कारबाही सडक डिभिजन कार्यालय गर्ने र सो कार्य गर्दा लाग्ने सम्पूर्ण खर्च समेत प्रचलित कानुन बमोजिम सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट असुल–उपर गरिने निमिक्त प्रमुख महताराले बताउनुभयाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक
Latest NewsJust now

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक

वासिङ्टन डिसी । ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ मा साइबर हमला गरी अनधिकृत पहुँच बनाएका छन्। यस मामिलाबारे जानकार तीन व्यक्तिले रोयटर्सलाई दिएको जानकारी अनुसार, यस घटनाले... ...

रातोपाटी
दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो
Latest NewsJust now

दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो

पाकिस्तानी मिडियाका अनुसार साउदी अरबको रियादमा आयोजना हुने एसियाली इन्डोर तथा मार्सल आर्ट्स खेलकुदसाग समय तालिका जुधेपछि यो निर्णय लिइएको हो । ...

कान्तिपुर
बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते
Latest NewsJust now

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement