काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २७औँ खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोजले ६.३ ओभरमा ३ विकेट गुमाएर ४८ रन बनाएको छ। चितवनलाई जितका लागि अब ८१ बलमा १०६ रन आवश्यक छ। टोलीको हालको रनरेट ७.३८ छ भने आवश्यक रनरेट ७.८५ रहेको छ। क्रिजमा डान माउज्ली २ बलमा खाता नखोली र विवेक यादव ४ बलमा ५ रन बनाएर खेलिरहेका छन्। कर्णालीका मार्क वाटले १ विकेट लिँदा पवन सर्राफले पनि १ विकेट लिएका छन्।
कर्णालीविरुद्ध चितवनको संघर्षपूर्ण ब्याटिङ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






