काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुदैछन् । आज अपराहन्न साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमने सामने हुदैछन् । यस खेलमा कर्णाली याक्सले टस जितेको छ । कर्णालीका कप्तान डेभिड मिलरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै चितवन राइनोजले पहिला बलिङ गर्ने भएको छ । चितवन प्लेअफमा पुगिसकेकाले यस खेलको नतिजाले उसको अवस्थामा खासै सुधार आउने देखिदैन । यो खेल जितेपनि चितवनले इलिमिनेटर खेल्ने निश्चित भएको छ । त्यस्तै कर्णाली याक्सले भने यस सिजनमा ६ खेलमा केबल २ जित मात्र जितेपछि प्लेअफबाट बाहिरिएको छ । The post कर्णालीले टस जित्यो, चितवनले पहिला बलिङ गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कर्णालीले टस जित्यो, चितवनले पहिला बलिङ गर्ने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






