Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

कर्णालीलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
Photo / Coverage: विश्वखबर

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो । आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६, दिलिप नाथले अविजित २८ र निरोशन डिकवेलाले १६ रन बनाए । बलिङतर्फ कर्णालीका लागि मार्क वाटले ४ तथा हुसेन तलत र पवन सर्राफले एक एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १०५ रन बनायो । कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए । लुम्बिनीसँगको हारपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ । कर्णालीले छ खेल खेल्दा चारमा हार र दुईमा मात्र जित निकालेको छ । उसको चार अङ्क मात्र छ । यस्तै लुम्बिनी छ खेलमा चारमा जित र एकमा हारसहित ९ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख
Latest NewsJust now

विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु दुई लाख १७ हजार ५७५ सङ्कलन गरेको छ । विद्यालयको शैक्षिक विकास तथा प्रस्तावित माध्यमिक... ...

रातोपाटी
गर्भवती महिलासहित एकै परिवारको ६ जनाको मृत्यु
Latest NewsJust now

गर्भवती महिलासहित एकै परिवारको ६ जनाको मृत्यु

जनार्जन खत्रीसर्लाही, कात्तिक २६ गते । बिहीबार बिहान मकवानपुरमा भएको हाइस गाडी दुर्घटनामा सर्लाही सुन्दरपुरकी आठ महिने गर्भवती महिलासहित एकै परिवारको ६ जनाको ज्यान गएको छ । दुर्घटन... ...

गोरखापत्र
अमेरिकालाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन : ट्रम्प
Latest NewsJust now

अमेरिकालाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौताको आवश्यकता नरहेको स्पष्ट पारेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत अभिव्यक्ति दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीलाई... ...

रातोपाटी
के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?
Latest NewsJust now

के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा दीपावलीका बेला वायु प्रदूषणको वास्तविक अवस्था सरकारी तथ्यांकमा देखाइएको भन्दा निकै खराब रहेको पाइएको छ । बीबीसी भेरिफाइले गरेको अनुसन्धानले भारत सरकारका दुईवटा तथ्यांक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play