काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सलाई पराजित गरेर प्लेअफमा पुगेको छ । विहिबार सम्पन्न दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १०६ रनको लक्ष्य पछाएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले १९.२ ओभरमा अल आउट हुदै १०५ रन बनाएको थियो । यो जितपछि लुम्बिनी लायन्स ६ खेलमा ९ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै कर्णालीको भने यो हारपछि प्लेअफको सम्भावना मुश्किल बनाएको छ । कर्णालीको ६ खेलमा केवल ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ । The post कर्णालीलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कर्णालीलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






