Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण, एक वर्षमा १६३ हेक्टर मात्रै नियन्त्रण

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण, एक वर्षमा १६३ हेक्टर मात्रै नियन्त्रण
Photo / Coverage: पर्दाफास

कर्णाली प्रदेशमा ३ हजार १८८.१७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । वन संरक्षणको जिम्मेवारी पाएका सरकारी निकायले अतिक्रमण नियन्त्रणका प्रयास गरिरहे पनि ठूलो क्षेत्रफल अझै अतिक्रमणकै अवस्थामा रहेको सरकारी तथ्यांकले देखाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार प्रदेशका विभिन्न जिल्लामा गरी ३ हजार १८८.१७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । आर्थिक वर्ष २०८२÷८३ मा भने १६३.०३ हेक्टर वन क्षेत्रको अतिक्रमण नियन्त्रण गरिएको छ । जिल्लागत विवरणअनुसार सबैभन्दा बढी वन क्षेत्र जाजरकोटमा अतिक्रमण भएको छ । जाजरकोटमा १ हजार २२५.५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । त्यसपछि सल्यानमा ६४४.०५ हेक्टर र दैलेखमा ४१७.९६ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । त्यस्तै, जुम्लामा २६५.७४ हेक्टर, मुगुमा २५५.६६ हेक्टर, भेरी क्षेत्रमा १५२.९७ हेक्टर, सुर्खेतमा ७४.८९ हेक्टर, रुकुम पश्चिममा ७२.२ हेक्टर, हुम्लामा ६५ हेक्टर र कालिकोटमा १४.२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको विवरणमा उल्लेख छ । यी तथ्यांकले वन अतिक्रमण कुनै एक जिल्लाको मात्र समस्या नभई प्रदेशव्यापी चुनौती भएको देखाउँछन् । विशेषगरी जाजरकोट, सल्यान र दैलेखमा अतिक्रमणको ठूलो हिस्सा केन्द्रित छ । यी तीन जिल्लामा मात्रै २ हजार २८७.५१ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । जुन जिल्लागत विवरणबाट देखिएको कुल अतिक्रमणको करिब ७२ प्रतिशत हो । अतिक्रमण ठूलो, नियन्त्रणको गति कमजोर वन अतिक्रमण नियन्त्रणतर्फको प्रगति भने चुनौतीपूर्ण देखिएको छ । मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा १६३.०३ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको छ । यसमध्ये भेरी क्षेत्रमा मात्रै १५२.०२ हेक्टर नियन्त्रण गरिएको छ । यो एक वर्षमा नियन्त्रण गरिएको कुल क्षेत्रफलको करिब ९३ प्रतिशत हो । त्यस्तै, कालिकोटमा ३.५ हेक्टर, दैलेखमा २.३ हेक्टर, मुगुमा २ हेक्टर, सुर्खेतमा १.५ हेक्टर, रुकुम पश्चिममा १.०५ हेक्टर र जाजरकोटमा ०.६६ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको छ । जाजरकोटमा मात्रै १ हजार २२५.५ हेक्टर वन क्षेत्र अतिक्रमणमा रहे पनि एक वर्षमा ०.६६ हेक्टर मात्रै नियन्त्रण भएको विवरणले देखाउँछ । सल्यानमा ६४४.०५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको भए पनि उक्त वर्षको नियन्त्रण विवरण उपलब्ध छैन । यसले अतिक्रमण बढी भएका जिल्लामा नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्नुपर्ने देखाउँछ । वन अतिक्रमण केवल सरकारी जग्गा कब्जाको विषय मात्र होइन । यसले वनको क्षेत्रफल, जैविक विविधता, जलाधार क्षेत्र र वातावरणीय सन्तुलनमा समेत असर पार्न सक्छ । वन क्षेत्रको संरक्षणका लागि तथ्यांक संकलन र अतिक्रमण हटाउने अभियानसँगै नियमित अनुगमन, सीमांकन र थप अतिक्रमण रोक्ने प्रभावकारी कार्ययोजना आवश्यक हुन्छ । वन संरक्षणको जिम्मेवारी बोकेका सरकारी निकायले अतिक्रमण हटाएको क्षेत्रफल मात्र होइन, नयाँ अतिक्रमण रोक्न गरेका प्रयास र त्यसको नतिजासमेत सार्वजनिक गर्नुपर्ने देखिन्छ । अन्यथा हरेक वर्ष अतिक्रमणको तथ्यांक संकलन हुने तर वन क्षेत्र संरक्षणको उपलब्धि न्यून रहने अवस्था दोहोरिन सक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरु
OthersJust now

प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरु

२० कात्तिक, काठमाडौं । सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेको सुनुवाइ सकिएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा बिहानदेखि पाण्डेको सुनुवाइ भएको हो । पाण्डेको सुनुवाइ सकेर सिमितिले गोकर्ण डाँगीको सुनुवाइ सुरु गरेको छ । डाँगीले समितिमा कार्ययोजना पेस गर्दैछन् । त्यसपछि सांसदहरको प्रश्नको जवाफ दिनेछन् । डाँगीको विरुद्धमा विभिन्न ७ वटा उजुरीहरू परेका… ...

अनलाइन खबर
‘अदालत जाँदा एउटा नमस्तेको एक लाख जान सक्छ’
OthersJust now

‘अदालत जाँदा एउटा नमस्तेको एक लाख जान सक्छ’

२० कात्तिक, काठमाडौं । प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश जनक पाण्डेले अदालतभित्र बिचौलियाको चलखेल रोक्न न्यायाधीशसहित अदालतका सबै कर्मचारी र सरोकारवाला चनाखो हुनुपर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा सांसदहरूले अदालतभित्र हुने बिचौलियाको प्रभाव र चलखेलबारे प्रश्न गरेपछि पाण्डेले यस्तो बताएका हुन् । उनले पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले अदालतमा हुने विकृति, विसंगति र बिचौलियासम्बन्धी… ...

अनलाइन खबर
संवैधानिक र राष्ट्रिय महत्त्वका मुद्दाको सुनुवाइको समय तोक्ने प्रस्ताव
OthersJust now

संवैधानिक र राष्ट्रिय महत्त्वका मुद्दाको सुनुवाइको समय तोक्ने प्रस्ताव

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय महत्त्वका मुद्दा वर्षौंसम्म लम्बिने समस्या अन्त्य गर्न तीनदेखि छ महिनाभित्र त्यस्ता मुद्दा टुंग्याउने व्यवस्था गर्नुपर्ने प्रस्तावित न्यायाधीश जनक पाण्डेले बताएका छन् । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदीय सुनुवाइबिनै नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको मुद्दा साढे चार वर्षसम्म सर्वोच्च अदालतमा अल्झिएको… ...

अनलाइन खबर
इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने
OthersJust now

इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

२१ कात्तिक, काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्थान, प्रविधि तथा उपकरणबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल एक्समार्फत सूचना सार्वजनिक गर्दै इरानले आणविक हतियार विकास गर्ने कुनै पनि प्रयासको विरोधमा अमेरिकी सरकार प्रतिबद्ध रहेको जनाएको छ ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play