काठमाडौँ । प्रभु बैंकले चार जना कर्मचारीलाई कारवाही गरेको छ । बैंकले कर्जा दुरुपयोग प्रकरणमा मुछिएका चार जना कर्मचारीलाई कारवाही गरेको हो । आवश्यक कानूनी प्रक्रिया पूरा नगरी एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई ऋण प्रवाह गरेको कसुरमा चिफ बिजनेश अफिसरसहित ४ जना कर्मचारीलाई कारवाही गरिएको बैंकका एक उच्च अधिकारीले पुष्टि गरेका छन् । ती अधिकारीका अनुसार कारवाहीस्वरुप दुई जना कर्मचारीलाई सेवाबाटै बर्खास्त गरिएको छ भने दुई जना कर्मचारीलाई बढुवा रोक तथा पद घटुवाको कारवाही गरिएको छ ।
कर्जा दुरुपयोग प्रकरणः प्रभु बैंकका २ कर्मचारी बर्खास्त, २ जनाको पद घटुवा !

Read Complete Original Article
Published originally on अर्थ सरोकार





