काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजले कर्णाली याक्समाथि सानदार जित दर्ता गरेको छ । टियु मैदानमा आज भएको खेलमा कर्णालीलाई ४ विकेटले स्तब्ध पार्दै काठमाडौंले यस सिजनकै पहिलो जित दर्ता गरेको हो । कर्णालीले दिएको १८१ रनको चुनौतीपूर्ण विजयी लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्यायो । त्यसअघि काठमाडौंले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङमा उत्रिएकाे कर्णालीका लागि अरिफुल इस्लामले उत्कृष्ट र आक्रामक ब्याटिङ गर्दै मात्र २२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रनको योगदान दिए। त्यस्तै, विदेशी स्टार हुसेन तलतले पनि ३० बल खेल्दै १ चौका र २ छक्काको मद्दतले ४० रन बनाएर सनसनी मच्चाए। मध्यक्रममा पवन सर्राफले २३ बलमा अविजित ३० रन बनाए भने गुल्सन झाले १२ बलमा २ छक्कासहित २० रन जोडे। बलिङमा काठमाडौंका करण केसीले २ विकेट लिए भने शाहब आलम, जाहान्दद खान, देव शाह र सन्तोष यादवले समान १–१ विकेट हात पारे।
करण केसी र राशिद खान चम्किँदा काठमाडौंले कर्णालीलाई हरायो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






