Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

करको दर बढाउनुभन्दा दायरा विस्तार र प्रशासनिक सुधारमा जोड दिनुपर्छः परिसंघ अध्यक्ष पाण्डे

Share:WhatsAppFacebookX (Twitter)Telegram
करको दर बढाउनुभन्दा दायरा विस्तार र प्रशासनिक सुधारमा जोड दिनुपर्छः परिसंघ अध्यक्ष पाण्डे
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजश्व वृद्धि गर्न करको दरमा निरन्तर वृद्धि गर्नुभन्दा करको दायरा विस्तार, आर्थिक गतिविधिको औपचारिकीकरण र कर प्रशासनमा सुधार गर्नुपर्ने बताएका छन् । करको भार पहिले नै वहन गरिरहेका करदातामाथि थप भार सिर्जना गर्नुभन्दा कर प्रणालीको दायराभन्दा बाहिर रहेका आर्थिक गतिविधि, सम्पती तथा पेशालाई करको दायरामा ल्याउनु बढी प्रभावकारी र न्यायोचित हुने उनले बताएका हुन् । राष्ट्रिय कर दिवसका अवसरमा अध्यक्ष पाण्डेले कर नीतिको स्थायित्वलाई लगानीकर्ताले उद्योग स्थापना, उत्पादन विस्तार तथा दीर्घकालीन लगानीको महत्वपूर्ण आधारका रूपमा लिने गरेको बताए । करसम्बन्धी नीतिगत परिवर्तन गर्दा पर्याप्त अध्ययन, निजी क्षेत्रसँगको परामर्श र त्यसको दीर्घकालीन प्रभावलाई ध्यान दिनुपर्ने उनले उल्लेख गरे । कर नीतिमा बारम्बार हुने परिवर्तनले लगानीकर्ताको निर्णय प्रक्रियालाई प्रभावित गर्नसक्ने भएकाले नीतिगत स्थिरता आवश्यक रहेको उनको भनाइ छ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीलाई सरल बनाउने, करको दायरा विस्तार गर्ने, भन्सार तथा राजश्व प्रशासनमा सुधार गर्ने र डिजिटल प्रणालीमार्फत आर्थिक कारोबारलाई औपचारिक अर्थतन्त्रमा आबद्ध गर्ने उद्देश्यसहित अघि सारेका नीतिगत पहललाई सकारात्मक रहेको उनले बताए । तर यस्ता सुधारको प्रभाव त्यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने पाण्डेकाे भनाइ छ । सुधारका कार्यक्रम कार्यान्वयन हुनसके कर अनुपालन बढाउन, राजस्व चुहावट नियन्त्रण गर्न र व्यवसाय सञ्चालन लागत घटाउन महत्त्वपूर्ण योगदान पुग्ने उनको धारणा छ । उनले कर प्रशासन र भन्सार प्रशासनलाई निजी क्षेत्रको लगानी, उत्पादन तथा व्यापार सहजीकरणसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण निकायका रूपमा व्याख्या गर्दै दुवै प्रशासनलाई सहजीकरणमुखी, प्रविधिमैत्री, पारदर्शी र सेवामुखी बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, कर परीक्षण तथा अनुसन्धानका प्रक्रियालाई जोखिममा आधारित, तथ्यपरक र पारदर्शी बनाउनुपर्ने उनले बताए । कानूनको व्याख्या तथा कार्यान्वयनमा एकरूपता कायम हुनुपर्ने र व्यवसायीले अनावश्यक प्रशासनिक झमेला तथा प्रक्रियागत अस्पष्टता बेहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ । करसम्बन्धी विवाद समाधानका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए । वर्षौंसम्म कर विवादको निरूपण नहुँदा व्यवसायीको पुँजी अवरुद्ध हुने र त्यसले लगानीको वातावरणमा नकारात्मक प्रभाव पार्ने पाण्डेको भनाइ छ ।पाण्डेले कर प्रणालीलाई उत्पादन र रोजगारी सिर्जनासँग जोड्नुपर्नेमा समेत जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाका सीईओको राजीनामाले चिनियाँ प्रविधि कम्पनीको व्यवसायमा असर नपरेको दाबी
Latest NewsJust now

एनभिडियाका सीईओको राजीनामाले चिनियाँ प्रविधि कम्पनीको व्यवसायमा असर नपरेको दाबी

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनीहरूले अमेरिकी चिप निर्माता एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको राजीनामाले आफ्नो व्यवसायमा कुनै असर नपारेको बताएका छन् । उनीहरूले नियमित अर्डर, स्थापित खरिद प्रक्रिया र... ...

रातोपाटी
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
Latest NewsJust now

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची, मङ्सिर १ गते । नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रम... ...

गोरखापत्र
अमेरिकी चिप प्रतिबन्धको सामना गर्न चीनले आफ्नै प्रविधि विकास गर्दै
Latest NewsJust now

अमेरिकी चिप प्रतिबन्धको सामना गर्न चीनले आफ्नै प्रविधि विकास गर्दै

बेइजिङ । चीनले अमेरिकी एआई कम्पनीका अत्याधुनिक मोडलबाट प्राप्त जवाफ र तथ्याङ्क प्रयोग गरेर आफ्नै प्रतिस्पर्धी एआई प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाएको छ । अमेरिकी चिप निर्यात प्रतिबन्धका कारण अत्याधुनिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play