Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कमब्याक होस् त गरिमाको जस्तो !

Share:WhatsAppFacebookX (Twitter)Telegram
कमब्याक होस् त गरिमाको जस्तो !
Photo / Coverage: पर्दाफास

राजेश हमाल, सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी, गौरी मल्ल, निरुता सिंह र विपना थापासम्म नेपाली फिल्म क्षेत्रबाट टाढिएर पुनः फर्किएका केही प्रतिनिधि नाम हुन् । कोही विदेश पलायन भएर कालान्तरमा नेपाली फिल्म क्षेत्रमा फर्किए त कोही विवाहपछि अभिनयबाट टाढिए । कोही भने नेपालमै रहेर पनि फिल्म अभिनयबाट टाढिएका थिए । तर, समयक्रममा उनीहरू फेरि फिल्म क्षेत्रमा फर्किए । यद्यपि, उनीहरूमध्ये धेरैको पुनरागमनले समाचारको हेडलाइन त बनायो, तर पुरानो क्रेज भने फर्काउन सकेन । न त उनीहरूले अभिनय गरेका फिल्मले नै निर्माताको झोली भर्न सके । तर, ११ वर्षपछि ‘बाटुलो जून’ मार्फत कमब्याक गरेकी गरिमा पन्त भने यसमा अपवाद बनेकी छन् । फिल्मको व्यापारिक आँकडा १० करोड रुपैयाँको हाराहारीमा पुगिरहँदा गरिमाको पुनरागमन पनि सुपरहिट भएको छ । फिल्मले निर्माताको लगानी मात्र सुरक्षित गरेको छैन, गरिमाको पुरानो क्रेजसमेत फर्काएको छ । फिल्ममा उनको भूमिका र अभिनयलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । गरिमाका अनुसार भुवन केसीले फिल्मको कथा र आफ्नो भूमिकाबारे सुनाएपछि उनी अभिनयमा फर्कने निर्णयमा पुगेकी हुन् । ‘भुवन दाइले कथा र मेरो भूमिका सुनाउनुभयो । उहाँको मुखबाट कथा सुन्दा नै एकदमै राम्रो लाग्यो । अझ पछि स्क्रिप्ट पाएपछि त योभन्दा पर्खने ठाउँ छैन भन्ने लागेर फिल्ममा फर्कने निर्णय गरेँ,’ उनले भनिन्, ‘अहिले गीत र फिल्म रिलिज भएपछि जस्तो प्रतिक्रिया पाएकी छु, त्यसबाट एकदमै खुसी छु । समय मिलाएर अभिनयलाई निरन्तरता दिन्छु ।’ उनले ‘बाटुलो जून’अघि पनि अभिनयका लागि थुप्रै प्रस्ताव आएको भए पनि चित्तबुझ्दो भूमिका नपाएका कारण काम नगरेको जानकारी दिइन् । शिव रेग्मीका थुप्रै फिल्ममा अभिनय गरेकी गरिमाले कृष्ण धरावासीको कथामा बनेको फिल्म ‘झोला’बाट भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल भएकी थिइन् । यही फिल्मबाट उनले श्रीलंकाको कोलम्बोमा आयोजित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी थिइन् । त्यस्तै, यही फिल्ममा उत्कृष्ट अभिनय गरेबापत उनले राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गरेकी थिइन् । लामो समयपछि पर्दामा फर्किएकी गरिमाप्रति दर्शकको माया र आकर्षण अझै उत्तिकै देखिएको छ । ‘बाटुलो जून’ प्रदर्शन भइरहँदा सामाजिक सञ्जालमा उनको प्रशंसाका शब्दहरू भरिएका छन् । अझ रोचक कुरा त, समयसँगै उनको सुन्दरता झन् निखारिएको र अभिनयमा पनि थप परिपक्वता आएको भन्दै दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् । उनको आकर्षक व्यक्तित्व र परिपक्व अभिनय देखेर दर्शकले भनिरहेका छन्, ‘कमब्याक होस् त गरिमा पन्तको जस्तो !’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल
OthersJust now

‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गरेका छन् । शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताए । उनले राजनीतिक दलको विचार, सिद्धान्त, ...

पर्दाफास
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने
OthersJust now

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने

किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित ¥याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा ...

पर्दाफास
स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला, इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना
OthersJust now

स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला, इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना

१२ मंसिर, काठमाडौं । स्पेनको क्यानरी आइल्यान्ड्सनजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ। डुङ्गाको इन्जिन खराब भएपछि करिब १०० जना आप्रवासी तीन दिनसम्म समुद्रमै अलपत्र परेका थिए। स्पेनी सञ्चारमाध्यमका अनुसार अलपत्र परेको अवधिमा खानेकुरा र पिउने पानी सकिएपछि केही यात्रुले तिर्खा मेट्न समुद्रको नुनिलो पानी पिएका थिए। यसका कारण… ...

अनलाइन खबर
देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै
OthersJust now

देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै

देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement