कञ्चनपुर । कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो धनगढीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६, चान्देउबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ का २५ वर्षीय डेभिड चौधरी र ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन्। उनीहरूको साथबाट १९.६८० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र म २ प ३३४५ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





_IX1Hc0VGIZ.jpg)
