Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

ओम मेगाश्री फार्मास्युटिकल्सको नोक्सानीमा सुधार, खर्च कटौतीले दियो राहत

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओम मेगाश्री फार्मास्युटिकल्सको नोक्सानीमा सुधार, खर्च कटौतीले दियो राहत
Photo / Coverage: टक्सार

काठमाडौँ । ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नोक्सानीमा उल्लेखनीय सुधार गरेको छ । असोज मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको खुद नोक्सानी १ करोड २३ लाख ३१ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ३० लाख ७७ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । आम्दानीमा सामान्य गिरावट आए पनि कम्पनीले सञ्चालन तथा वित्तीय खर्चमा गरेको भारी कटौतीका कारण नोक्सानी करिब आधा घटाउन सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले सञ्चालन मार्फत ४ करोड ८३ लाख ७० हजार रुपैयाँ र अन्य स्रोतबाट ८ लाख ८९ हजार गरी कुल ४ करोड ९२ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ५ करोड १६ लाख १२ हजार रुपैयाँ रहेको थियो । आम्दानी केही खुम्चिए पनि कम्पनीले आफ्नो कुल खर्चलाई ७ करोड ४६ लाख ८९ हजार रुपैयाँबाट घटाएर ६ करोड १५ लाख ९१ हजार रुपैयाँमा सीमित राखेको छ । विशेषगरी वित्तीय खर्च र कार्यालय तथा प्रशासनिक खर्चमा आएको कमीले कम्पनीको वासलातमा सकारात्मक प्रभाव पारेको देखिन्छ । ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ८ करोड ६४ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहे पनि अन्य जगेडामा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ सञ्चित छ। हाल कम्पनीको कुल सम्पत्ति १ अर्ब ६१ करोड १६ लाख रुपैयाँ नाघेको छ । वित्तीय सूचकहरूतर्फ कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ९८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २६८ रुपैयाँ ६० पैसा कायम भएको छ । दोस्रो बजारमा पहिलो त्रैमासको ६१ कारोबार दिनमा कम्पनीको कुल २ लाख ३ हजार ९१९ कित्ता सेयर खरिदबिक्री भएको छ । यस अवधिमा अधिकतम ९९६ रुपैयाँ १० पैसा र न्यूनतम ८०६ रुपैयाँ ५० पैसासम्म कारोबार भएको कम्पनीको शेयर असोज मसान्तमा प्रतिकित्ता ८१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कच्चा पदार्थको आपूर्तिमा देखिने अस्थिरता र नियामक प्रक्रियाका जटिलतालाई कम्पनीले मुख्य चुनौतीका रूपमा औंल्याएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध
Latest NewsJust now

अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

केही दिनअघि मात्रै अमेरिकी अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि समस्याहरू देखिएका थिए । बिहीबार माइक्रोसफ्टका सेवाहरु प्रभावित भएका थिए भने शुक्रबार देशको हवाइ ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको समस्या पूर्ण रुपमा समाधान हुन आइतबारसम्म लागेको थियो ...

कान्तिपुर
पर्यटक पर्खिरहेको रसुवाको डिल्पु कुण्ड
Latest NewsJust now

पर्यटक पर्खिरहेको रसुवाको डिल्पु कुण्ड

• रसुवाको डिल्पु कुण्ड नयाँ पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ, जहाँको प्राकृतिक सौन्दर्य र धार्मिक महत्व छ। • स्थानीय तामाङ समुदायले यस कुण्डलाई पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्छन् र यहाँ विशेष पर्वमा पूजाआजा गर्न आउने परम्परा छ। • डिल्पु कुण्डको विकासका लागि आधारभूत पूर्वाधार, पदमार्ग सुधार र प्रचारप्रसार आवश्यक रहेको छ, जसले स्थानीय अर्थतन्त्र र रोजगारीमा सहयोग पुर्याउनेछ। ...

नेपालबहस
६४९ मेगावाट बिजुली निर्यातको म्याद सकियो, दैनिक साढे १३ करोड गुम्दै
Latest NewsJust now

६४९ मेगावाट बिजुली निर्यातको म्याद सकियो, दैनिक साढे १३ करोड गुम्दै

‘अक्टोबरमा निर्यात अनुमतिको म्याद सकिने जानकारी हुँदाहुँदै पनि ऊर्जा मन्त्रालय र प्राधिकरणको उच्च नेतृत्वबाट समयमै प्रभावकारी पहल भएन’ ...

कान्तिपुर
मुक्तिनाथबाट सुरु भएको रथयात्रा त्रिवेणीधाम पुगेर समापन
Latest NewsJust now

मुक्तिनाथबाट सुरु भएको रथयात्रा त्रिवेणीधाम पुगेर समापन

चितवन। मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ। मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य) को सत्संकल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए। ‘देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ। उक्त जल गण्डकीमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play