Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

ओपनएआईको सुरक्षा कमजोरीपछि अस्ट्रेलियाले एआईसम्बन्धी घटना अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओपनएआईको सुरक्षा कमजोरीपछि अस्ट्रेलियाले एआईसम्बन्धी घटना अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

अस्ट्रेलियाले कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्पनीहरूलाई सुरक्षा उल्लंघनका घटनाबारे अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था गर्ने भएको छ। साथै, गम्भीर दुराचारका घटनालाई सम्बोधन गर्न फौजदारी कानुनमा परिवर्तन गर्ने विषयमा पनि विचार गरिने प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार बताएका छन्। ओपनएआईको एउटा एआई एजेन्टले सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएपछि सरकारले यस्तो निर्णय गरेको हो। अस्ट्रेलियाको सार्वभौमिक स्वास्थ्य बिमा कार्यक्रम मेडिकेयरको चिकित्सा तथ्यांक पोर्टलमा ओपनएआईको एजेन्टले अनधिकृत पहुँच बनाएको थियो। सार्वजनिक स्वास्थ्य खर्चबारे अनुसन्धान गर्ने क्रममा उक्त घटना भएको सरकारले गत सेप्टेम्बरमा जानकारी दिएको थियो। घटनापछि सरकारले तत्कालै यसको समीक्षा सुरु गरेको थियो। प्रधानमन्त्री अल्बानिजले सरकारले समीक्षाका सबै सिफारिस स्वीकार गरेको बताए। अल्बानिजले पत्रकारहरूसँग भने, “सिफारिसहरूमा एआई कम्पनीहरूले प्रणालीको निर्धारित उद्देश्यविपरीत हुने गतिविधि वा साइबर घटनाबारे अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था र गम्भीर दुराचारका घटनामा फौजदारी कानुन सुधार गर्ने विषय समावेश छन्।” उनले थपे, “कानुनले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वको गतिलाई पछ्याउनुपर्छ र कतिपय अवस्थामा त्यसअनुसार आफूलाई अद्यावधिक गर्नुपर्छ।” ओपनएआईले उक्त सुरक्षा कमजोरीबारे आफूले अगस्टमा मात्र जानकारी पाएको र घटना अनजानमा भएको बताएको छ। कम्पनीको आन्तरिक समीक्षामा उक्त एआई एजेन्टले बिरामीका अभिलेखमा पहुँच बनाएको कुनै प्रमाण फेला नपरेको उल्लेख गरिएको छ। यस घटनाले अस्ट्रेलिया र अमेरिकी प्रविधि कम्पनीहरूबीचको तनाव थप बढाएको छ। यसअघि अस्ट्रेलियाले च्याटजीपीटी निर्माता ओपनएआई र यसको प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकलाई एआई मोडल प्रशिक्षणका लागि प्रतिलिपि अधिकारसम्बन्धी कानुनबाट छुट दिन अस्वीकार गरेको थियो। बरु अस्ट्रेलियाका प्रतिलिपि अधिकारधनीसँग अनुमति तथा प्रयोग शुल्कसम्बन्धी सम्झौता गर्नुपर्ने व्यवस्था गरेको थियो। यद्यपि, दुवै कम्पनीले गत महिना अस्ट्रेलियाको संसद्मा आफ्ना एआई एजेन्टबाट हुने डेटा सुरक्षा उल्लंघनका घटनाबारे जानकारी गराउनुपर्ने कानुन ल्याइए स्वागत गर्ने बताएका थिए। उनीहरूले हाल यस्तो घटना जानकारी गराउने वा नगराउने निर्णय कम्पनी आफैँको इच्छामा निर्भर रहेको स्वीकार गरेका थिए। अल्बानिजले उनको मध्य-वामपन्थी लेबर सरकारले एआई नियमन गर्ने छुट्टै निकाय स्थापना गर्ने बताए। उक्त निकायले एआई प्रणालीको विकास र प्रयोगका क्रममा सुरक्षा नियन्त्रणको अनुगमन गर्ने, गम्भीर जोखिम पहिचान गर्ने र एआई मोडलहरूको स्वतन्त्र मूल्यांकन गर्नेछ। उनले भने, “एआई सुरक्षा नियामकले गलत काम गर्ने एआई कम्पनीहरूलाई ठूलो जरिवाना लगाउन सक्नेछ।” प्रधानमन्त्री अल्बानिजका अनुसार अनिवार्य एआई सुरक्षा तथा संरक्षणसम्बन्धी व्यवस्था सरकारले प्रस्ताव गरेको एआई कानुनको हिस्सा हुनेछ। सरकारले उक्त कानुन आगामी वर्ष संसद्मा पेस गर्ने योजना बनाएको छ। The post ओपनएआईको सुरक्षा कमजोरीपछि अस्ट्रेलियाले एआईसम्बन्धी घटना अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि
TechnologyJust now

फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि

फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ। आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकाल्दै फ्रान्सले जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाउने जनाएको छ। गत अक्टोबर १२ मा भएको आक्रमणका क्रममा करिब छ घण्टासम्म फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो। यसबाट फ्रान्सका १० हजारमध्ये करिब ७०० ...

टेक्नोलोजी खबर
एपको सुरक्षा कमजोरीका कारण होटल क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक
TechnologyJust now

एपको सुरक्षा कमजोरीका कारण होटल क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक

होटल तथा रिसोर्ट क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामले साइबर सुरक्षा घटना भएको स्वीकार गरेको छ। एक सुरक्षा अनुसन्धानकर्ताले कम्पनीको एपमा रहेको कमजोरी पत्ता लगाएपछि ग्राहकहरूको व्यक्तिगत विवरणमा जोकोहीले पहुँच पाउन सक्ने अवस्था रहेको खुलेको हो। ‘ह्वाट सेक्युरिटी’ का सुरक्षा अनुसन्धानकर्ता रोबर्ट विगिन्सले टेकक्रन्चलाई विशेष जानकारी दिँदै वाइन्डह्यामको एन्ड्रोइड एपको स्रोत कोडभित्र एउटा पासवर्ड फेला पारेको बताए। उक्त पासवर्ड प्रयोग गरेर प्रविधि कम्पनी ...

टेक्नोलोजी खबर
क्यालिफोर्नियामा प्रस्तावित ‘अर्बपतिमाथिको कर’ पारित हुन सकेन
Technology39m ago

क्यालिफोर्नियामा प्रस्तावित ‘अर्बपतिमाथिको कर’ पारित हुन सकेन

अमेरिकाको क्यालिफोर्निया राज्यका मतदाताले अर्बपतिहरूमाथि एकपटक लगाउने प्रस्तावित करसम्बन्धी प्रस्ताव नम्बर ४० अस्वीकार गरेका छन्। एसोसिएटेड प्रेस (एपी) ले सोमबार दिएको समाचारअनुसार, महँगो चुनावी अभियानपछि उक्त प्रस्ताव पारित हुन सकेन। यस अभियानमा श्रमिक युनियनहरू र प्रविधि क्षेत्रका केही धनी व्यक्तिहरू आमनेसामने भएका थिए। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले पनि उक्त प्रस्तावको विरोध गरेका थिए। अमेरिकाको मुख्य भूभागभित्र सिलिकन भ्यालीबाट सबैभन्दा टाढा पुग्न ...

टेक्नोलोजी खबर
एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
Technology2h ago

एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

कृत्रिम बुद्धिमताको प्रयोग गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र वकिलको नक्कली पहिचान बनाएर करिब १२ करोड ९० लाख अमेरिकी डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी र गम्भीर पहिचान चोरीको अभियोग लगाइएको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन्। अमेरिकाको न्युयोर्कस्थित जिल्ला अदालतमा दायर अभियोगपत्रअनुसार १८ महिनाभन्दा बढी समयसम्म ४१ वर्षीय ज्याकोब सोअल, ५४ वर्षीया सारोन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play