Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

एस्थेटिक फेशनको ट्रेन्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
एस्थेटिक फेशनको ट्रेन्ड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पछिल्लो समय युवा पुस्तामाझ एस्थेटिक फेशनको आकर्षण बढ्दै गएको छ । विशेषगरी जेन-जी पुस्तामा आप्नो रुचि, व्यक्तित्व र जीवनशैली झल्किने गरी पहिरन छनोट गर्ने चलन लोकप्रिय बन्दै गएको हो । कसैलाई सादा र कम रङका कपडा मन पर्छन् भने कसैको रोजाइमा स्ट्रिटवेयर, ओल्ड मनी वा पुरानो शैलीका पहिरन पर्ने गरेका छन् । फेशन अहिले शरीर ढाक्ने वा राम्रो देखिने माध्यममा मात्र सीमित छैन । यो व्यक्तिको रुचि, सोच र व्यक्तित्व अभिव्यक्त गर्ने माध्यमसमेत बनेको छ । यही कारण पछिल्लो समय आफ्नो छुट्टै एस्थेटिक पहिचान बनाएर त्यसअनुसार ड्रेसिङ गर्ने प्रवृत्ति बढेको देखिन्छ । तर, आफ्नो एस्थेटिक कसरी पहिचान गर्ने र त्यसअनुसार पहिरन कसरी छनोट गर्ने भन्ने विषयमा धेरैलाई अन्योल हुनसक्छ । यसका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । एस्थेटिक भन्नाले सुन्दर, आकर्षक, कलात्मक र विशेष शैलीमा आफूलाई प्रस्तुत गर्ने फेशनलाई बुझिन्छ । यसमा लुगा, जुत्ता, ब्याग, गहना, मेकअप, हेयरस्टाइल र रङहरूको संयोजन गरेर एउटा निश्चित सौन्दर्यपूर्ण लुक तयार गरिन्छ । सरल भाषामा भन्नुपर्दा, आफ्नो पहिरन र लुकलाई सुन्दर, व्यवस्थित र आकर्षक देखिने गरी प्रस्तुत गर्ने शैली नै एस्थेटिक फेशन हो । आफ्नो रुचि पहिचान गर्नुहोस्आफ्नो एस्थेटिक तय गर्न सबैभन्दा पहिले आफूलाई कस्तो पहिरन मन पर्छ भन्ने बुझ्नुपर्छ । तपाईंलाई खुकुलो कपडा, चम्किला रङ तथा स्पोर्ट्स जुत्ता मन पर्छन् कि सादा रङ, शर्ट र शरीरमा मिल्ने फिटिङका कपडा ? आफ्नो रुचि र सहजतालाई आधार बनाएर स्टाइल छनोट गर्नु उपयुक्त हुन्छ । पिन्टरेस्टबाट लिनुहोस् प्रेरणाआफ्नो फेशन शैली पहिचान गर्न पिन्टरेस्ट उपयोगी माध्यम बन्नसक्छ । त्यहाँ आफूलाई मन परेका पहिरन, रङ संयोजन, जुत्ता र एक्सेसरीजका तस्बिर संकलन गरेर मूड बोर्ड बनाउन सकिन्छ । यसले आफूलाई कुन प्रकारको फेशन बढी मन पर्छ भन्ने बुझ्न सहयोग गर्छ । साथै, एउटै प्रकृतिका पहिरन र रङप्रतिको आकर्षणले आफ्नो एस्थेटिक पहिचान गर्न पनि सहज बनाउँछ । रुचिअनुसार अलमारी तयार गर्नुहोस्एस्थेटिक पहिचान गरिसकेपछि त्यसअनुसार अलमारीमा पहिरन थप्न सकिन्छ । सादा र कम रङको शैली मन पराउनेले सेतो शर्ट, सामान्य टप, न्युट्रल रङका कपडा र स्ट्रेट फिट पाइन्ट राख्न सक्छन् । त्यस्तै, स्ट्रिटवेयर मन पराउनेका लागि ओभरसाइज टी–शर्ट, ब्यागी जिन्स र स्पोर्ट्स जुत्ता उपयुक्त विकल्प हुनसक्छन् । ओल्ड मनी शैली मन पराउनेले क्लासिक शर्ट, ब्लेजर, ट्राउजर र सादा रङका पहिरनलाई प्राथमिकता दिन सक्छन् । महँगा कपडा नै चाहिन्छ भन्ने छैन, सही फिटिङ र रङ संयोजनले पनि आकर्षक लुक दिनसक्छ । एक्सेसरीजले दिन्छ छुट्टै पहिचानसामान्य पहिरनलाई समेत आकर्षक बनाउन एक्सेसरीजको भूमिका महत्त्वपूर्ण हुन्छ । औँठी, घडी, बेल्ट, टोपी, ब्याग र सनग्लासको प्रयोगले आफ्नो लुकलाई फरक बनाउन सकिन्छ । आफूले रोजेको एस्थेटिकसँग मेल खाने एक्सेसरिज छनोट गर्दा पहिरन अझ व्यवस्थित र आकर्षक देखिन्छ । नयाँ प्रयोग गर्न नडराउनुहोस्फेशनमा आफूलाई एउटै शैलीमा सीमित राख्नुपर्छ भन्ने छैन । पुरानो शैलीका पहिरनसँग आधुनिक एक्सेसरीज प्रयोग गर्न सकिन्छ भने सामान्य पहिरनसँग स्ट्रिटवेयर शैलीका जुत्ता पनि मिलाउन सकिन्छ । फरक–फरक शैली र रङ संयोजन प्रयोग गर्दै जाँदा आफ्नै छुट्टै पहिचान बनाउन सकिन्छ । ट्रेन्डभन्दा आफ्नै सहजतालाई प्राथमिकता दिनुहोस्सामाजिक सञ्जालमा लोकप्रिय छ भन्दैमा आफूलाई मन नपर्ने पहिरन छनोट गर्नु आवश्यक छैन । फेशनमा ट्रेन्ड पछ्याउनुभन्दा आफूलाई सहज लाग्ने र व्यक्तित्वसँग मेल खाने कपडा लगाउनु महत्त्वपूर्ण हुन्छ । अरूको शैलीबाट प्रेरणा लिन सकिए पनि त्यसको नक्कल गर्नुभन्दा आफ्नै रुचिअनुसार परिवर्तन गर्नु राम्रो हुन्छ । समग्रमा, एस्थेटिक फेशन कुनै एउटा निश्चित ट्रेन्ड वा पहिरनको नाम मात्र होइन । यो आफ्नो रुचि, व्यक्तित्व र सहजतालाई पहिरनमार्फत अभिव्यक्त गर्ने तरिका हो । त्यसैले फेशनमा अरूको नक्कल गर्नुभन्दा आफ्नै शैली पहिचान गरेर त्यसलाई आत्मविश्वासका साथ प्रस्तुत गर्नु नै एस्थेटिक ड्रेसिङको मुख्य विशेषता हो । एस्थेटिक भन्नाले सुन्दर, आकर्षक, कलात्मक र विशेष शैलीमा आफूलाई प्रस्तुत गर्ने फेशनलाई बुझिन्छ । यसमा लुगा, जुत्ता, ब्याग, गहना, मेकअप, हेयरस्टाइल र रङहरूको संयोजन गरेर एउटा निश्चित सौन्दर्यपूर्ण लुक तयार गरिन्छ । सरल भाषामा भन्नुपर्दा, आफ्नो पहिरन र लुकलाई सुन्दर, व्यवस्थित र आकर्षक देखिने गरी प्रस्तुत गर्ने शैली नै एस्थेटिक फेशन हो । एस्थेटिक फेशनका मुख्य विशेषताहरूमा रंगहरूको राम्रो संयोजन, शरीर र व्यक्तित्व सुहाउँदो पहिरन, सफा र व्यवस्थित लुक, पहिरन र एक्सेसरिजबीच तालमेल र आफ्नै रुचि र पहिचान झल्काउने शैली ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी... ...

रातोपाटी
सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा
Latest NewsJust now

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ । ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो... ...

रातोपाटी
मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति
Latest NewsJust now

मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले नबिल इन्भेष्टमेन्ट बैंकिङका मनिषनारायण जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा एनएमबी क्यापिटलका दिपेशकुमार वैद्य, महासचिवमा एनआइएमबी एस क्यापिटलका शिवान्तबहादुर पाँडे र कोषाध्यक्षमा कुमारी क्यापिटलका पुष्प शर्मा रहनुभएको छ । सदस्यहरूमा सिद्धार्थ क्यापिटलका सन्दिप कार्की, ग्लोबल आइएमई क्यापिटलका मन्दिप लुइँटेल र नेसनल क्यापिटलका ...

हिमालय टाइम्स
बैंकिङ क्षेत्रप्रति जनविश्वास बलियो बनाउने प्रतिबद्धता
Latest NewsJust now

बैंकिङ क्षेत्रप्रति जनविश्वास बलियो बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक उत्सवका अवसरमा संघका निवर्तमान अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेललगायत सम्पूर्ण अतिथिलाई स्वागत गर्दै नवनिर्वाचित अध्यक्ष सुरेन्द्रराज रेग्मी, उपाध्यक्ष रामचन्द्र खनाल तथा नवनिर्वाचित सदस्यलाई बधाई ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रमुख कार्यकारी अधिकृतहरूलाई धन्यवाद दिनुभएको छ । बैंकर्स संघद्वारा बैंकिङ क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्ने व्यक्तित्वका रूपमा सम्मानित संघका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement