Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा र इपिएसमा सुधार

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा र इपिएसमा सुधार
Photo / Coverage: टक्सार

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी इपिएसमा समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.७९ प्रतिशतले वृद्धि भएको हो । नाफामा भएको वृद्धिसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेर १२.२९ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको इपिएस ११.६२ रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३५.४७ गुणा रहेको छ । व्यापार विस्तारमा आक्रामक देखिएको कम्पनीले चालु वर्षको असोजसम्म २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँको तुलनामा २२.१५ प्रतिशतले बढी हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २१.३७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब २८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको जीवन बीमा कोषको आकारमा पनि उत्साहजनक वृद्धि देखिएको छ । अघिल्लो वर्ष ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको जीवन बीमा कोष १२.३९ प्रतिशतले बढेर समीक्षा अवधिसम्म ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । हाल ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको जगेडा तथा कोषहरू पनि बलिया देखिएका छन् । समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ६७ करोड ३ लाख रुपैयाँ र महाविपत्ति कोष ३४ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङ ५२ करोड ६७ लाख रुपैयाँ र महाविपत्ति कोष ३२ करोड ८८ लाख रुपैयाँ रहेको थियो । यस्तै, समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ, जुन अघिल्लो वर्षको असार मसान्तमा क्रमशः १० करोड ९९ लाख रुपैयाँ र ९ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
Latest NewsJust now

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

पाँचथर । तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ । मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने... ...

रातोपाटी
आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने
Latest NewsJust now

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने

• आज छठ पर्वको मुख्य दिनमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिइरहेका छन्, जसको लागि धनगढीको मोहना घाटलाई विशेष रूपमा सजाइएको छ। • करिब तीन सय व्रतालुहरूको सहभागिता हुने अनुमान गरिएको छ, र स्वास्थ्य समस्याहरूको रोकथामका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। • सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन र प्रहरी कार्यालयले कडा सुरक्षा रणनीति अपनाएको छ, र श्रद्धालुहरूलाई शान्तिपूर्ण रूपमा ...

नेपालबहस
आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने
Latest NewsJust now

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

• आज छठ पर्वको मुख्य दिनमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइरहेका छन्, जसको लागि धनगढीको मोहना घाटलाई विशेष रूपमा सजाइएको छ। • करिब तीन सय व्रतालुहरूको सहभागिता हुने अनुमान गरिएको छ, र स्वास्थ्य समस्याहरूको रोकथामका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। • सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन र प्रहरी कार्यालयले कडा सुरक्षा रणनीति अपनाएको छ, र श्रद्धालुहरूलाई शान्तिपूर्ण रूपमा ...

नेपालबहस
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
Latest NewsJust now

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् । रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन् । रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । अन्तरराष्ट्रिय खगोलविज्ञान ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play