Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले ‘नाडा अटो शो’मा प्राप्त भएका बुकिङ अनुसार डेलिभरी दिन सुरु गरिएको जनाएको छ । एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा स्काईवेलका बीई११ मोडल लन्च गरेको थियो । त्यस क्रममा करिब ४ सय गाडी बुकिङ भएका थिए । अटो शो र त्यसपछि पनि बुकिङ गर्ने ग्राहकहरुलाई क्रमश: गाडी दिन थालिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार प्राप्त बुकिङ अनुसार उत्पादक कम्पनीमार्फत क्रमश: गाडी आइरहेका छन् । बुकिङअनुसार चरणवद्ध रुपमा गाडी डेलिभरी दिन कम्पनीले योजना नै बनाइएको जनाएको छ । कम्पनीले नेपालमा बीई ११ का दुइ भेरियन्ट लन्च गरेको थियो । जस अनुसार ४१० किमी रेन्ज दिनेइन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार,४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ । The post एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
Latest NewsJust now

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

किएभ । दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् । यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ ...

केन्द्रबिन्दु
देउवा समूहले कति स्थानमा सक्यो अधिवेशन ? (सूचीसहित)
Latest NewsJust now

देउवा समूहले कति स्थानमा सक्यो अधिवेशन ? (सूचीसहित)

काठमाडौँ । आगामी मंसिर २१, २२ र २३ गतेका लागि समानान्तर केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले देशभर २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । समूहका... ...

रातोपाटी
चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना
Latest NewsJust now

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

चीनको निजी अन्तरिक्ष कम्पनी क्यास स्पेसले विकास गरेको रकेटले मंगलबार १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो प्रक्षेपण चीनको न्यून भू–कक्षीय स्याटेलाइट इन्टरनेट सञ्जाल विस्तार गर्ने अभियानका... ...

रातोपाटी
ओलीलाई प्रचण्डको प्रस्ताव: देश असाधारण संकटमा छ, एकतावद्ध होऔँ
Latest NewsJust now

ओलीलाई प्रचण्डको प्रस्ताव: देश असाधारण संकटमा छ, एकतावद्ध होऔँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्।  मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन्। उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play