नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उनले आगामी निर्वाचन र राजनीतिक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेलाई देशको सही विचार बोकेको, सङ्गठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्नेकुरा स्थापित गर्नुपर्ने बताए । केन्द्रिय कमिटीले निर्धारण गरेका दुई प्रमुख कार्यभार आन्दोलन र निर्वाचन रहेको उल्लेख गर्दै उनले पार्टीका सबै जनवर्गीय, पेशागत तथा सामुदायिक संगठनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए । कुनैपनि जनसंगठन शिथिल हुन नहुने भन्दै उनले पार्टीप्रतिको निष्ठामा कमी देखिएको भन्दै कार्यकर्ताको भुमिकामाथि समेत प्रश्न उठाए । उनले विशेषगरी वागमती प्रदेशमा एमालेको संगठनात्मक अवस्था कमजोर भएको उल्लेख गर्दै त्यसलाई सुधार्नुपर्ने बताए । उनले पछिल्लो समय जनता उम्मेदवार तथा राजनीतिक नेतृत्वको पृष्ठभूमि, इतिहास, विचार, चरित्र र आचरणको मूल्यांकन नगरी लहैलहैमा लाग्ने गरेको समेत आरोप लगाए । यस्तो प्रवृत्तिबाट जनतालाई सचेत गराउनु पार्टी कार्यकर्ताको जिम्मेवारी भएको उनको भनाई छ । पार्टीको राजनीतिक गतिविधिमा युवाहरूको परिचालनलाई विशेष प्राथमिकता दिन पनि निर्देशन दिए । युवाहरूलाई पार्टीमा संगठित गर्दै सक्रिय कार्यकर्ताका रूपमा परिचालन गर्न नसके राजनीतिक सफलता हासिल गर्न कठिन उनको भनाई छ ।
एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छ : ओली

Read Complete Original Article
Published originally on पर्दाफास





