काठमाडौं। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई समयअगावै हटाउने निर्णयले राजनीतिक दललाई समेत गम्भीर क्षति पुग्नसक्ने सङ्केत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई सचेत गराएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका पालामा समयअगावै प्रहरी महानिरीक्षक परिवर्तन गर्दाको घटनाक्रम स्मरण गराएका हुन् । उनले त्यतिबेला प्रहरी महानिरीक्षक परिवर्तन गर्ने निर्णय एमालेका लागि सुखद् नभएको उल्लेख गरेका छन् । प्रहरी महानिरीक्षकको पुनर्बहालीपछि एमालेले पार्टी विभाजनसम्मको गहिरो पीडा भोग्नुपरेको उनको सङ्केत छ । पोखरेलले रास्वपा नेतृत्वको सरकारले विगतको उक्त तितो राजनीतिक अनुभवबाट पाठ सिक्न नसकेको टिप्पणी गरेका छन् ।
एमाले महासचिव पोखरेलले रास्वपालाई गराए सचेत- आइजीपी हटाउँदा एमाले विभाजन भएको इतिहास नभुलौं

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






