Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एमालेको २१ बुँदे संकल्प : निर्वाचनको तयारीदेखि आवश्यक परे आन्दोलनसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको २१ बुँदे संकल्प : निर्वाचनको तयारीदेखि आवश्यक परे आन्दोलनसम्म
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा (एमाले)को आज समपन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा स्थानीय निर्वाचनको तयारीलगायत विषय समेटेर २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ । दुईदिने भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने निर्णय पनि गरेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नाराका साथ आयोजित भेलामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । भेलामा देशभर र प्रवासबाट गरी तीन हजार ४१४ प्रतिनिधिको सहभागिता रहेको थियो । भेलाले वर्तमान सरकारका कार्य, लोकतन्त्र र संविधानको अवस्था, राष्ट्रिय स्वाधीनता, जनजीविका, बाढीपीडितको पुनःस्थापना, सडक सुरक्षा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पार्टीको आन्तरिक जीवनका विषयमा धारणा सार्वजनिक गरेको छ । भेलाले २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न र घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन पनि भेलाले माग गरेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । पारित प्रस्तावमा संविधान, सङ्घीयता र संवैधानिक संस्थाको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रदेश खारेजी, संवैधानिक निकायमाथिको हस्तक्षेप तथा राज्यका संस्थाहरूलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्ने प्रयासप्रति आपत्ति जनाइएको छ । जनजीविकाका सवालमा महँगी नियन्त्रण, घरायसी प्रयोजनको विद्युत्मा लगाइएको कर फिर्ता, सुकुम्बासीको उचित व्यवस्थापन तथा व्यवसायीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, निजी सम्पत्ति तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न पनि माग गरिएको छ । राष्ट्रिय स्वाधीनता र परराष्ट्र सम्बन्धका विषयमा भेलाले छिमेकी मुलुकसँगको सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्ने उल्लेख गरेको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका सन्दर्भमा सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह ९इपिजी० को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु र लामो समयदेखि रोकिएका परियोजनाका विषयमा स्पष्ट धारणा राख्न आग्रह गरिएको छ । भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भेलाले बाढीपीडितको तत्काल पुनःस्थापना, पुनर्निर्माण र राहत वितरण प्रभावकारी बनाउन माग गरेको छ । बाढी प्रभावित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका समस्या प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ । बाढीबाट क्षतिग्रस्त पुल तथा सडकको मर्मतसम्भार गरी यातायात सम्पर्कविच्छेद भएका बस्तीलाई जोड्न र वैज्ञानिक अध्ययनका आधारमा बस्ती पुनर्निर्माण गर्न पनि आग्रह गरिएको छ । जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपत्तिलाई जलवायु न्यायको विषयका रूपमा उठाउँदै अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी कूटनीतिक भूमिका आवश्यक रहेको प्रस्तावमा उल्लेख छ । त्यस्तै, बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति, सवारीसाधनको गुणस्तर परीक्षण र चालकको सीप तथा अनुशासन कायम गर्न माग गरिएको छ । भेलाले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि सबै देशभक्त, लोकतन्त्र र संविधान पक्षधर राजनीतिक दल, नागरिक समाज तथा बौद्धिक समुदायसँग संवाद, सहकार्य र जनदबाब सिर्जना गर्न आह्वान गरेको छ । प्रवासी नेपालीको मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी सरोकार सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । भेलाले पार्टीको आन्तरिक जीवनमा सुधार, शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ । त्यसमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने, विगतका कमजोरी सच्याउने र उच्च मनोबलका साथ जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरिएको छ । पारित प्रस्तावमा युवा पुस्तासँग संवाद र सहकार्य बढाउने, उनीहरूको मनोविज्ञान र सरोकार बुझ्ने तथा पार्टी र आन्दोलनमा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने उल्लेख छ । पार्टीका नेता तथा कार्यकर्तामा देखिएका विलासी जीवनशैली, जनताबाट टाढिने प्रवृत्ति, आर्थिक तथा आचरणगत विचलन र भ्रष्टाचारप्रति निर्मम हुने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । त्यस्तै, जिम्मेवारीअनुसार जवाफदेही हुने, पार्टी विधान, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्ने, गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने तथा अधिवेशन र बैठकमा स्वस्थ बहस र लोकतान्त्रिक विधिलाई सम्मान गर्ने सङ्कल्प गरिएको छ । आगामी निर्वाचनमा जनता र कार्यकर्ताको भावना तथा निर्धारित विधिअनुसार उम्मेदवार छनोट गर्ने र पार्टीको निर्णयअनुसार उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने प्रतिबद्धता पनि भेलाले गरेको छ । भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौँ’, उपाध्यक्ष रामबहादुर थापाले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौँ’ विषयमा सम्बोधन गरेका थिए । त्यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्य प्रस्तुत गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीका विषयमा प्रशिक्षणमूलक सम्बोधन गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तथ्यहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने प्याब्सनको चेतावनी
Latest NewsJust now

तथ्यहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने प्याब्सनको चेतावनी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले तथ्यहीन आरोप लगाउनेहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएको छ।  बिहीबार प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन आरोप, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।   ‘आ... ...

नेपालखबर
एशियन क्लियरिङ युनियनको सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न
Latest NewsJust now

एशियन क्लियरिङ युनियनको सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न

काठमाडौँ, मङ्सिर ३ गते । अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण, वित्तीय सहकार्य र सदस्य राष्ट्रबीचको भुक्तानी सहजीकरणमा सरोकारवालाहरुले जोड दिनुभएको छ । नेपाल राष्ट्र बैंकको आयो... ...

गोरखापत्र
चितवनले गुमायो छैटौँ विकेट, उसामा मिर २ रनमा आउट
Latest NewsJust now

चितवनले गुमायो छैटौँ विकेट, उसामा मिर २ रनमा आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रूपमा उसामा मिर आउट भएका हुन् । उनी ५ बलमा मात्र २... ...

रातोपाटी
शोधनान्तर स्थिति ३ खर्ब बचतमा, चालु खातासमेत बलियो
Latest NewsJust now

शोधनान्तर स्थिति ३ खर्ब बचतमा, चालु खातासमेत बलियो

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर ३ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play