Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेलामा ३५१४ जना सहभागी हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेलामा ३५१४ जना सहभागी हुने
Photo / Coverage: पर्दाफास

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा लिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाको तयारी र उद्देश्यबारे जानकारी दिँदै पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुने गरी राष्ट्रिय भेला आयोजना गरिएको बताए । सहभागी संख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको उनको भनाइ छ । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरस्थित हाइटफिल्ड क्याटरिङ ब्याङ्क्वेटमा गर्ने कार्यक्रम छ । आचार्यका अनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु हो । साथै, मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि भेलाले राखेको छ । उनले पत्रकार सम्मेलनमा भने, ‘नेकपा एमालेको राष्ट्रिय भेला आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना हुँदैछ । भेलाको तयारी तथा उद्देश्यबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको हो । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले ललितपुरस्थित हाइटफिल्ड क्याटरिङ ब्याङ्क्वेटमा गर्नुहुनेछ ।’ भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन् । उनले पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामका विषयमा पनि राजनीतिक तथा वैचारिक मार्गनिर्देशन गर्ने कार्यक्रम छ । त्यस्तै, पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् । भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन् । महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने आचार्यले जानकारी दिए । उनका अनुसार भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिनेछ । यसले आगामी निर्वाचनको रणनीति र पार्टीको संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने एमालेको अपेक्षा छ । भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ । आचार्यले भेलाको व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा तथा सहभागीहरूको कार्ड वितरणको तयारी पूरा भएको जानकारी दिए । सुरक्षाका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीहरूले आफ्नै आवासको व्यवस्था गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछ । कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष राखिने र सवारी पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको उनले बताए । सञ्चारकर्मीलाई उद्घाटन समारोहमा समाचार संकलन तथा श्रव्यदृश्य सामग्री छायांकन र सम्प्रेषणका लागि सभाहलमा पहुँच दिइने एमालेले जनाएको छ । बन्दसत्रका गतिविधिबारे भने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी गराउनेछ । आचार्यले भने, ‘भेलाको मुख्य उद्देश्य पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्नु, आगामी स्थानीय तह निर्वाचनको तयारी गर्नु तथा पार्टीका दुई प्रमुख कार्यभार र १५ वटा कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको छ । साथै, मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे पार्टीको दृष्टिकोण स्पष्ट पार्दै जनतामा नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य राखिएको छ ।’ एमालेले पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको धारणा स्पष्ट पार्ने, संगठनलाई निर्वाचन केन्द्रित बनाउने र नेतृत्वदेखि स्थानीय तहसम्म राजनीतिक बुझाइमा समानता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय भेलालाई महत्वपूर्ण रूपमा लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
किशोरकिशोरीको सहमतिपूर्ण यौन सम्बन्धलाई जबरजस्ती करणी नमान्ने प्रस्ताव
OthersJust now

किशोरकिशोरीको सहमतिपूर्ण यौन सम्बन्धलाई जबरजस्ती करणी नमान्ने प्रस्ताव

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधार आवश्यक रहेको औंल्याइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउले सोमबार संयुक्त रूपमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा विधेयकका विभिन्न प्रावधान अपुरो रहेको भन्दै संशोधनका लागि सुझाव प्रस्तुत गरिएको हो । कार्यक्रममा यौन हिंसासम्बन्धी वकालत पत्र प्रस्तुत गर्दै एफडब्लुएलडीकी अधिवक्ता दिदृक्षा सिंहले प्रस्तावित ...

पर्दाफास
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन : मन्त्री पुन
OthersJust now

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन : मन्त्री पुन

३० कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् । सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् । बाटोघाटो, पुल,… ...

अनलाइन खबर
‘पार्टीलाई एउटै लयमा हिँडाउन एमालेको राष्ट्रिय भेला, नयाँ निर्णय नहुने’
OthersJust now

‘पार्टीलाई एउटै लयमा हिँडाउन एमालेको राष्ट्रिय भेला, नयाँ निर्णय नहुने’

३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिङ्गो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भेलाको मुख्य उद्देश्य नयाँ निर्णय गर्नुभन्दा पनि यसअघि भएका निर्णयहरूको कार्यान्वयनमा एकरूपता ल्याउनु रहेको स्पष्ट… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play