Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । भेलामा सहभागी हुन केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू काठमाडौँ आइपुगेका छन् । एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ । भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको भेलामा पार्टीको चुनावी तयारी, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तारकेश्वरमा कोठा फोडेर सुन र नगद चोरी
Latest NewsJust now

तारकेश्वरमा कोठा फोडेर सुन र नगद चोरी

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ मा डेरा गरी बस्ने एक महिलाको कोठाबाट करिब एक लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बाजुरा घर भई हाल तारकेश्वर–८ मा डेरा... ...

रातोपाटी
इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
Latest NewsJust now

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था... ...

रातोपाटी
ट्रम्पसँगको भेटअघि सी–पुटिन वार्ता
Latest NewsJust now

ट्रम्पसँगको भेटअघि सी–पुटिन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ । बिहीबार हुने सम्मेलनमा... ...

रातोपाटी
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
Latest NewsJust now

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । मुस्ताङ र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित सडकमा नेचुङबाट चराङतर्फ जाँदै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play