काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी पुस ६ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । दश दिनसम्म सञ्चालन हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको मितिलाई नेपाल भलिबल संघ र खेलस्थललाई राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति दिएको आयोजकले जनाएको छ । लिगको तेस्रो संस्करणमा रेड बुल साझेदारका रूपमा जोडिएको छ । प्रतियोगितालाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यसहित विभिन्न तयारी अघि बढाइएको जनाइएको छ । लिगमा प्रतिस्पर्धा गर्ने टोली, खेल तालिका तथा टिकट बिक्रीसम्बन्धी विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुसमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






