काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी पुस ६ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिता सन् २०२६ डिसेम्बर २१ देखि ३० ( पुस ६ देखि १५ गते) सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगिताको मिति नेपाल भलिबल संघ (एनभीए) ले आधिकारिक रूपमा स्वीकृत गरिसकेको छ । त्यस्तै, प्रतियोगिता सञ्चालनका लागि दशरथ रंगशालास्थित कभर्डहललाई नेपाल खेलकुद परिषद्ले स्वीकृति दिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका र टिकटसम्बन्धी थप विवरण आयोजकले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ । The post एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






