काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको सेनजेनमा जारी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समिटको गोलमेच बैठकमा निदाएको अवस्थामा देखिनुभएकाे छ । बिहीबार बिहान सुरु भएको एपेक समिटको शीर्ष गोलमेच बैठकका क्रममा ट्रम्प निदाएको दृश्य सार्वजनिक भएको हो । बैठकमा सहभागी अन्य नेताहरू छलफलमा व्यस्त रहँदा ट्रम्प भने निदाएको जस्तो अवस्थामा देखिएका थिए । उनलाई त्यसरी देखेपछि बैठकस्थलमा हाँसोसमेत छुटेको बताइएको छ । ट्रम्प निदाएको दृश्यले सामाजिक सञ्जालमा चर्चा पाएको छ । यद्यपि, उहाँ वास्तवमै निदाएका थिए वा केही क्षण आँखा बन्द गरेर बस्नुभएकाे थियाे भन्नेबारे आधिकारिक स्पष्टीकरण सार्वजनिक भएको छैन । चीनको सेनजेनमा नोभेम्बर १८ र १९ मा एपेकको ३३औँ आर्थिक नेताहरूको बैठक आयोजना भइरहेको छ । यस बैठकमा एसिया–प्रशान्त क्षेत्रका २१ सदस्य अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ । यसपटकको एपेक सम्मेलनलाई अमेरिका, चीन र रुसका शीर्ष नेताहरूको भेटका कारण पनि महत्त्वका साथ हेरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार त्रिपक्षीय छलफल हुने कार्यक्रम छ । छलफलमा अन्तर्राष्ट्रिय व्यापार, आणविक हतियार नियन्त्रणलगायतका विषय उठ्ने अपेक्षा गरिएको छ । ट्रम्पको निदाएको भनिएको दृश्य भने अहिले सम्मेलनका अन्य कूटनीतिक गतिविधिभन्दा फरक कारणले चर्चामा आएको छ ।
एपेक समिटको गोलमेच बैठकमा ट्रम्प निदाएपछि…

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






