Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एपेक बैठकको ‘साइडलाइन’मा ट्रम्प, सी र पुटिनबीच ‘त्रिपक्षीय भेटवार्ता हुने’

Share:WhatsAppFacebookX (Twitter)Telegram
एपेक बैठकको ‘साइडलाइन’मा ट्रम्प, सी र पुटिनबीच ‘त्रिपक्षीय भेटवार्ता हुने’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आउँदो साता चीनको सेन्जेनमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको ‘साइडलाइन’मा भेटवार्ता हुने ह्वाइट हाउसले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले यसबारे सम्बन्धित पक्षसँग सम्पर्क भइरहेको जनाएको छ । रुसी अधिकारीले पनि भेटवार्ताका निम्ति समन्वय भइरहेको बताएका छन् । तीन शक्तिराष्ट्रका नेताबीच हुन लागेको यो भेटलाई महत्त्वपूर्ण कूटनीतिक घटनाका रूपमा हेरिएको छ । तर, विश्लेषकले ठोस सहमतिको सम्भावना कम रहेको बताएका छन् । बैठकको उपलब्धिभन्दा प्रतीकात्मक महत्त्व बढी हुने उनीहरूको भनाइ छ । तीन देशबीचको सम्बन्ध जटिल बनिरहेका बेला यो भेट हुन लागेको हो । गत वर्ष व्यापार सम्झौतापछि ट्रम्प र सीबीच सौहार्दपूर्ण भेट भएको थियो । इरान युद्धलगायत विषयमा मतभेद रहे पनि दुई नेताबीच सम्बन्धमा केही न्यानोपन देखिएको थियो । ट्रम्पले पुटिनसँग पनि सम्बन्ध सुधार्ने प्रयास गरेका छन् । तर, पुटिन युक्रेनसँगको झन्डै पाँच वर्ष पुरानो युद्धमा आफ्नो अडानबाट पछि हटेका छैनन् । यसबीच रुसले इरानसँग सैन्य, गुप्तचर र कूटनीतिक सहकार्य विस्तार गरेको छ । ट्रम्पले प्रस्तावित भेटमा इरानसँगको अमेरिकी युद्ध र तीन देशका परमाणु हतियार भण्डारबारे छलफल हुन सक्ने बताएका छन् । एक वरिष्ठ अमेरिकी अधिकारीले ट्रम्पले सी र पुटिनसँग इरान युद्धबारे छलफल गर्ने तर युक्रेनको विषय नउठाउने बताएका समाचार संस्था एपीले जनाएको छ । ती अधिकारीका अनुसार, बैठकको उद्देश्य परमाणु निःशस्त्रीकरणबारे भविष्यमा सार्थक वार्ताको आधार तयार गर्नु हो । यद्यपि, बैठकबाट कुनै सम्झौता घोषणा हुने अपेक्षा नरहेको उनले स्पष्ट पारे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play