Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एन्फामाथि राखेपले लगाएको प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्फामाथि राखेपले लगाएको प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ। राखेपको कार्यकारी समितिले यसअघि विभिन्न समयमा एन्फामाथि लगाएका सबै प्रकारका प्रतिबन्ध हटाउने निर्णय गरेको हो। राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्र पठाउँदै एन्फालाई निर्णयबारे औपचारिक जानकारी गराएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको पत्रमा उल्लेख छ। राखेपले आफ्नो निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सम्बन्धित मन्त्रीको सचिवालयसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ। यसअघि राखेपले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत चैत ११ गते एन्फालाई निलम्बन गरेको थियो। त्यसपछि एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षबाट हस्तक्षेप भएको भन्दै फिफाले गत असार ११ गते एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो। राखेपको पछिल्लो निर्णयसँगै नेपालभित्र एन्फामाथि लगाइएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटेको छ। तर, फिफाले लगाएको निलम्बन भने छुट्टै विषय भएकाले त्यसको अवस्था र फुकुवाबारे छुट्टै निर्णय आवश्यक हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सशस्त्रको एआईजीबाट बर्खास्तीमा परेका दाहालले दिए पुनरावेदनको निवेदन
Latest NewsJust now

सशस्त्रको एआईजीबाट बर्खास्तीमा परेका दाहालले दिए पुनरावेदनको निवेदन

काठमाडौँ । संवेदनशील र गम्भीर सूचना चुहाएको भन्दै गत असोज २३ गते सरकारको बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् । दाहालले दिएको पुनरावेदनको... ...

रातोपाटी
मिति नतोकिँदै लमजुङमा आगामी निर्वाचनको तयारी सुरु
Latest NewsJust now

मिति नतोकिँदै लमजुङमा आगामी निर्वाचनको तयारी सुरु

जिल्ला समितिले वडा समितिहरूलाई मंसिर २५ गतेभित्र मतदान स्थल र केन्द्रसम्बन्धी सिफारिस पठाउन पत्राचार गर्ने निर्णय गरेको छ। ...

कान्तिपुर
एन्फामाथिको निलम्बन राष्ट्रिय खेलकुद परिषद्‌बाट फुकुवा
Latest NewsJust now

एन्फामाथिको निलम्बन राष्ट्रिय खेलकुद परिषद्‌बाट फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको सम्पूर्ण निलम्बन फुकुवा गरेको छ । राखेपले बिहीबार एन्फालाई पत्र पठाउँदै यसअघि विभिन्न समयमा लगाइएका निलम्बन र... ...

रातोपाटी
ट्रम्पको हार नै संकट अन्त्य होइन
Latest NewsJust now

ट्रम्पको हार नै संकट अन्त्य होइन

एक दार्शनिकका रूपमा मेरो दायित्व अमेरिकी मध्यावधि निर्वाचनपछि देखिएको उत्साह र राहतको भावनालाई केही असहज बनाउनु हो। डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो पराजय भोगेको छ। ट्रम्पले पनि आफ्नो हार स्वीकार्दै आगामी दिनमा डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहने संसद्सँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। धेरैले आशंका गरेजस्तो निर्वाचन परिणाम अस्वीकार गर्ने, आपतकाल घोषणा गर्ने वा लोकतान्त्रिक प्रक्रियामाथि नै प्रहार गर्ने अवस्था तत्काल ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play