Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाको सेयरबाट ट्रम्पलाई डेढ करोड डलरसम्म नाफा भएको दाबी !

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाको सेयरबाट ट्रम्पलाई डेढ करोड डलरसम्म नाफा भएको दाबी !
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिप निर्माता कम्पनी एनभिडियाको सेयरबाट १ करोड ५० लाख अमेरिकी डलरसम्म नाफा कमाएको दाबी गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ पुनः पदमा फर्किएपछि एनभिडियाको सेयर मूल्य ३१.५ प्रतिशत बढ्दा ट्रम्पलाई फाइदा पुगेको विवरणमा उल्लेख छ । एनभिडियाको सञ्चालक समितिले नोभेम्बर १२ मा पदबाट हटाएका हुआङलाई ११ दिनपछि पुनः अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ट्रम्पले कम्पनीको सञ्चालक समितिसँग आफूले कुरा गरेर हुआङलाई पुनः पदमा फर्काउन सहमत गराएको दाबी गरेका छन् । उनले नोभेम्बर २२ मा सामाजिक सञ्जालमार्फत पनि हुआङलाई पुनः नियुक्त गर्न आग्रह गरेका थिए । हुआङको पुनरागमनको खबरपछि एनभिडियाको सेयर मूल्य प्रतिकित्ता १६५.०५ डलर पुगेको थियो । यससँगै कम्पनीको बजार मूल्य करिब ९५० अर्ब डलरले बढेको थियो । ‘फाइनान्सियल टाइम्स’का अनुसार ट्रम्पसँग एनभिडियाका ३ लाख ७० हजार कित्तासम्म सेयर हुन सक्ने अनुमान छ । यसअघि बीबीसीले उनले २ करोड ३० लाखदेखि ८ करोड ६० लाख डलरसम्मका सेयर खरिद गरेको जनाएको थियो । ट्रम्पको हस्तक्षेप र सेयर कारोबारलाई लिएर अमेरिकामा प्रश्न उठेको छ । एरिजोनाका डेमोक्रेटिक सिनेटर रुबेन गालिगोले हुआङको पुनरागमनसम्बन्धी घोषणा हुनुअघि सेयर बजारमा भएका कारोबारको अनुसन्धान गर्नुपर्ने बताएका छन् । हुआङ पुनः पदमा फर्किए पनि एनभिडियाका चिप चीनको सेनासम्म पुगेको आशङ्का र चीनको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तारमा तिनको भूमिकाबारे अमेरिकी संसद्को अनुसन्धान जारी रहने भएको छ । हुआङ र कम्पनीका कानुनी सल्लाहकार टिम टेटर डिसेम्बर १, २ र ३ मा संसदीय समितिसमक्ष उपस्थित हुने जनाइएको छ । हुआङको पुनरागमनको प्रभाव एसिया–प्रशान्त क्षेत्रका सेयर बजारमा पनि देखिएको छ। ताइवानको टीडब्लू५० सूचक ९.५ प्रतिशत, दक्षिण कोरियाको कोस्पी ६.५ प्रतिशत र जापानको निक्केई सूचक करिब ४ प्रतिशत बढेको विवरणमा उल्लेख छ । कृत्रिम बुद्धिमत्ता क्षेत्रमा लगानी र बजारको उतारचढावबीच अमेरिकी केन्द्रीय बैंकले डिसेम्बरमा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउन सक्ने अनुमानसमेत गरिएको छ । The post एनभिडियाको सेयरबाट ट्रम्पलाई डेढ करोड डलरसम्म नाफा भएको दाबी ! appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
युक्रेन युद्धमा करिब ५ लाख रुसी सैनिक मारिएको खुलासा
Latest NewsJust now

युक्रेन युद्धमा करिब ५ लाख रुसी सैनिक मारिएको खुलासा

बीबीसीले रुसी सरकारी अभिलेख विश्लेषण गर्दै सन् २०२२ देखि २०२६ सेप्टेम्बरसम्मको सैनिक क्षतिको विवरण सार्वजनिक गरेको हो। ...

कान्तिपुर
तस्बिरमा हेर्नुहोस् मौसम खुलेसँगै नमोबुद्धबाट देखिएको मनमोहक हिमशृङ्खला
Latest NewsJust now

तस्बिरमा हेर्नुहोस् मौसम खुलेसँगै नमोबुद्धबाट देखिएको मनमोहक हिमशृङ्खला

काभ्रेपलान्चोक । मौसम सफा भएसँगै काभ्रेपलान्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ। आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकरलगायतका हिमशृङ्खला स्पष्ट रूपमा देखिएका हुन्। मौसम सफा... ...

रातोपाटी
आगामी आइतबारसम्म कस्तो होला मौसम
Latest NewsJust now

आगामी आइतबारसम्म कस्तो होला मौसम

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाले आज बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। पाँच दिनका लागि यस्तो छ... ...

नेपालखबर
सुनवलका बिरामीलाई निःशुल्क रगत सेवा
Latest NewsJust now

सुनवलका बिरामीलाई निःशुल्क रगत सेवा

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर ९ गते । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाका स्थायी बासिन्दाले अब निःशुल्क रगत प्राप्त गर्ने भएका छन् । नगरवासीलाई सहज र नि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement