Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाको एआई क्षेत्रमा अमेरिकी नियामकले निगरानी गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाको एआई क्षेत्रमा अमेरिकी नियामकले निगरानी गर्ने
Photo / Coverage: पर्दाफास

कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा कम्पनीहरूलाई वित्तीय सहयोग उपलब्ध गराउने एनभिडियाको अभ्यासमाथि अमेरिकी नियामक निकायले निगरानी बढाउने सम्भावना देखिएको छ । एआई उद्योगमा अत्यधिक ऋणको जोखिम बढ्न नदिन अमेरिकाले नयाँ नियम ल्याउने वा छुट्टै नियमन तथा निगरानी संयन्त्र स्थापना गर्ने तयारी गर्न सक्ने ताइवानको समाचार संस्था फोकस ताइवानले जनाएको छ । ताइवानको सेमिकन्डक्टर उद्योगका अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ नेतृत्वमा फर्किएपछि एआई क्षेत्रमा भइरहेको चक्रीय वित्तीय लगानी (सर्कुलर फाइनान्सिङ) को भविष्यबारे देखिएको अनिश्चितता केही कम भएको छ । ताइवानको एकीकृत सर्किट प्याकेजिङ तथा परीक्षण कम्पनीका एक कार्यकारीका अनुसार हुआङले क्लाउड सेवा प्रदायक, एआई सफ्टवेयर विकासकर्ता र एआई कम्प्युटिङ क्षमता भाडामा उपलब्ध गराउने निओक्लाउड कम्पनीलाई वित्तीय सहयोग गर्ने यसअघिका प्रतिबद्धता पूरा गर्ने अपेक्षा गरिएको छ । तर, अमेरिकी सरकारले यस्तो वित्तीय कारोबारलाई नजिकबाट निगरानी गर्न नयाँ नियम ल्याउन वा औपचारिक नियमन संयन्त्र बनाउन सक्ने ती अधिकारीको भनाइ छ । उद्योगमा अत्यधिक ऋणको भार बढेर समग्र वित्तीय स्थायित्वमै जोखिम सिर्जना हुन नदिन यस्तो व्यवस्था आवश्यक देखिएको उनले बताएका छन् । चक्रीय वित्तीय लगानीअन्तर्गत एनभिडियाले एआई क्षेत्रमा काम गर्ने अन्य कम्पनीलाई लगानी, ऋण वा वित्तीय प्रत्याभूति उपलब्ध गराउँछ । ती कम्पनीले प्राप्त रकम पुनः एनभिडियाकै चिप, उपकरण वा सेवा खरिदमा खर्च गर्छन् । यसले एआई प्रविधिको माग बढेको देखाए पनि त्यस्तो माग वास्तविक ग्राहकबाट प्राप्त आम्दानीमा आधारित छ कि आपूर्तिकर्ताकै वित्तीय सहयोगमा टिकेको छ भन्ने प्रश्न उठाएको छ । यस्तो कारोबार आफैंमा गैरकानुनी वा अनुचित नहुने भए पनि यसले एआई बजारको वास्तविक मागलाई बढाइचढाइ प्रस्तुत गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । कम्पनीहरूले आफ्नै आपूर्तिकर्ताबाट प्राप्त रकम प्रयोग गरेर उत्पादन तथा सेवा खरिद गर्दा बजारमा देखिएको मागले उनीहरूको वास्तविक आम्दानी र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित नगर्न सक्छ । ताइवानी उद्योगका एक कार्यकारीका अनुसार एनभिडियाले यस्ता वित्तीय सम्झौताबारे थप विवरण सार्वजनिक गर्नुपर्ने हुन सक्छ । साथै, अत्यधिक ऋण र वित्तीय जोखिम नियन्त्रण गर्न सम्झौतामा स्पष्ट सर्तहरू राख्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । समाचारमा हुआङ र ताइवानी आपूर्तिकर्ताबीच हुने अनौपचारिक सहमतिबारे पनि चिन्ता व्यक्त गरिएको छ । उद्योगका एक अधिकारीका अनुसार मौखिक प्रतिबद्धताका आधारमा हुने यस्ता सम्झौतामा जोखिम रहन्छ र एनभिडियाकै उच्च व्यवस्थापन तहमा समेत यस विषयमा मतभेद देखिएको थियो । वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै फोकस ताइवानले हुआङले एआई आपूर्ति शृंखलाका व्यावसायिक साझेदारसँग आफूले निर्माण गरेको विश्वासको सम्बन्धलाई यस्ता अनौपचारिक सहमतिमार्फत अघि बढाउँदै आएको जनाएको छ । तर, भविष्यमा एनभिडिया र ताइवानी आपूर्तिकर्ताबीच हुने सम्झौता थप औपचारिक र कानुनी रूपमा बाध्यकारी बन्न सक्ने उद्योगका एक अधिकारीको अनुमान छ । यद्यपि, अर्का एक उद्योग अधिकारीले आफूलाई त्यस्ता अनौपचारिक सम्झौताबारे जानकारी नभएको बताएका छन् । उनका अनुसार धेरै आपूर्तिकर्ता सार्वजनिक रूपमा सूचीकृत कम्पनी भएकाले उनीहरूले कानुनी व्यवस्था र संस्थागत सुशासनका मापदण्ड पालना गर्नुपर्छ । यसैबीच, दक्षिणपूर्वी एसियाली मुलुकहरूमा चिप निर्यातमा अमेरिकाले थप प्रतिबन्ध लगाउन सक्ने सम्भावनाले क्षेत्रीय बजार प्रभावित हुने चिन्ता पनि ताइवानी आपूर्तिकर्ताहरूले व्यक्त गरेका छन् । विशेषगरी सिंगापुर र मलेसियामा निर्यात प्रतिबन्ध कडा भए चिनियाँ खरिदकर्ताको उन्नत चिपमा पहुँच सीमित हुने र त्यसले क्षेत्रीय बिक्रीमा असर पार्न सक्ने उनीहरूको भनाइ छ । हुआङ नोभेम्बर १२ मा राजीनामा दिएको खबर सार्वजनिक भएपछि सोमबार पुनः एनभिडियाको नेतृत्वमा फर्किएका थिए । उनीमाथि विवाहेतर सम्बन्ध रहेको आरोपसम्बन्धी समाचार सार्वजनिक भएका थिए । त्यसमा चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक चिनियाँ व्यवसायीसँगको कथित सम्बन्धको विषय पनि समावेश थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : प्रधानमन्त्री बालेन
OthersJust now

लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : प्रधानमन्त्री बालेन

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको बताएका… ...

अनलाइन खबर
उदयपुरमा २६ हजार बढी गाँजाका बोट नष्ट
OthersJust now

उदयपुरमा २६ हजार बढी गाँजाका बोट नष्ट

९ मंसिर, उदयपुर । उदयपुरमा चालु आर्थिक वर्ष २०८३/८४ मा प्रहरीले साढे २६ हजार बढी बोट अवैध गाँजाका बोट नष्ट गरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूले जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरी उक्त परिमाणमा गाँजाका बोट नष्ट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंसिर ९ गते सार्वजनिक गरेको… ...

अनलाइन खबर
सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो
OthersJust now

सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो

९ मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा १०५ रुपैयाँ… ...

अनलाइन खबर
दुई किलोभन्दा बढी सुनसहित विमानस्थलबाट दुई चिनियाँ महिला पक्राउ
OthersJust now

दुई किलोभन्दा बढी सुनसहित विमानस्थलबाट दुई चिनियाँ महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् । हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो । मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सह प्रवक्ता उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement