Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाका सीईओ हुआङको पुनरागमन, ट्रम्पले भने– ‘मैले नै मिलाएको हुँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाका सीईओ हुआङको पुनरागमन, ट्रम्पले भने– ‘मैले नै मिलाएको हुँ’
Photo / Coverage: केन्द्रबिन्दु

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनी एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः नेतृत्वमा फर्काउन असाधारण राजनीतिक पहल गरेको खुलासा भएको छ। हुआङको बहिर्गमनले अमेरिकी सेयर बजारमा ठूलो असर पार्नुका साथै कृत्रिम बौद्धिकताको विश्वव्यापी प्रतिस्पर्धामा चीन अगाडि बढ्न सक्ने जोखिम देखेपछि ट्रम्प उनलाई पुनर्बहाली गराउन सक्रिय भएका हुन्। एनभिडियाको नेतृत्वबाट हुआङले नोभेम्बर १२ मा राजीनामा दिएका थिए। उनीमाथि वैवाहिक सम्बन्धबाहिरका सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि कम्पनीको सञ्चालक समितिले उनलाई पदबाट बाहिरिन बाध्य बनाएको थियो। तीमध्ये सिंगापुरस्थित कम्पनी मेगास्पिडकी कार्यकारी एलिस हुआङसँगको सम्बन्धलाई लिएर थप विवाद उत्पन्न भएको थियो। अमेरिकी अधिकारीहरूले एलिसको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध हुन सक्ने आशंका गरेका थिए। यद्यपि चीनले यस्तो आरोप अस्वीकार गर्दै आएको छ। हुआङको बहिर्गमनपछि एनभिडियाको सेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यसले अमेरिकी प्रविधि क्षेत्र र समग्र सेयर बजारमा समेत दबाब सिर्जना गरेको थियो। ट्रम्पले अमेरिकाको आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा कृत्रिम बौद्धिकतालाई अघि सारेका छन्। एनभिडिया यस क्षेत्रमा विश्वकै अग्रणी कम्पनी भएकाले हुआङको नेतृत्व गुमाउनु अमेरिकाका लागि रणनीतिक क्षति हुन सक्ने उनको बुझाइ थियो। ट्रम्पले सोमबार सीएनबीसीसँगको अन्तर्वार्तामा आफूले एनभिडियाको सञ्चालक समितिसँग प्रत्यक्ष कुराकानी गरेर हुआङलाई पुनः जिम्मेवारीमा फर्काउन सहमत गराएको स्वीकार गरेका छन्। ‘मैले उनीहरूसँग कुरा गरेँ र सहमत गराएँ,’ उनले सञ्चालक समितिलाई प्रभावमा पारेको प्रसंगमा भनेका छन्। हुआङलाई पुनर्बहाली गराउन उपराष्ट्रपति जेडी भान्स, वाणिज्यमन्त्री हावर्ड लटनिक र अर्थमन्त्री स्कट बेसेन्टसमेत सक्रिय भएका थिए। विशेषगरी भान्सले सप्ताहन्तमा एनभिडियाको सञ्चालक समितिसँग छलफल गर्दै हुआङलाई पुनः नेतृत्वमा ल्याउन दबाब दिएका थिए। यसअघि सञ्चालक समितिले उनलाई पुनर्बहाली गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको थियो। तर, अमेरिकी सरकारको उच्च तहबाट प्राप्त सुझाव र राष्ट्रिय सुरक्षा जोखिम नरहेको आश्वासनपछि समितिले निर्णय परिवर्तन गरेको हो। हुआङको पुनरागमनसँगै एनभिडियाको सेयर मूल्य सोमबार करिब ३० प्रतिशतले बढेको थियो। कम्पनीको बजार पुँजीकरण एकै दिनमा करिब ९५२ अर्ब डलरले वृद्धि भएको थियो। एस एन्ड पी ५०० सूचकांकसमेत ४.७ प्रतिशतले उकालो लागेको थियो। ट्रम्पले सेयर बजारमा आएको गिरावट र हुआङको बहिर्गमनले अर्थतन्त्रमा पार्न सक्ने असरलाई पुनर्बहालीका लागि आफ्नो पहलको महत्त्वपूर्ण आधार बनाएका थिए। यस प्रकरणमा ट्रम्पको व्यक्तिगत लगानीसमेत चर्चामा आएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार सन् २०२५ को अन्त्यसम्म ट्रम्पसँग एनभिडियाको १ करोड २५ लाखदेखि ५ करोड ८० लाख डलरसम्मको सेयर लगानी रहेको थियो। ह्वाइट हाउसले भने ट्रम्पको लगानी तेस्रो पक्षीय वित्तीय संस्थाले स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने र उनले खरिदबिक्रीमा कुनै प्रभाव पार्न नसक्ने दाबी गरेको छ। यद्यपि हुआङको पुनर्बहालीले अमेरिकी राजनीतिमा विवाद सिर्जना गरेको छ। रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका सांसदहरूले राष्ट्रिय सुरक्षा र अमेरिकी प्रविधि चीनसम्म पुग्न सक्ने जोखिमबारे प्रश्न उठाएका छन्। सिनेट बैंकिङ समितिले डिसेम्बर ३ मा हुआङलाई बयानका लागि बोलाएको छ। त्यस्तै, डिसेम्बर १ मा अमेरिकी प्रतिनिधिसभाका तीन समितिसमक्ष उनले बन्द कोठाभित्र बयान दिने कार्यक्रम छ। अमेरिकी सांसदहरूले हुआङको पुनर्बहालीले विवाद समाधान नगरेको भन्दै एनभिडिया र मेगास्पिडबीचको सम्बन्ध तथा प्रविधि हस्तान्तरणबारे विस्तृत अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। अमेरिकी वाणिज्य मन्त्रालयले समेत मेगास्पिडलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। ट्रम्पले भने हुआङलाई पुनः जिम्मेवारीमा फर्काउनु कम्पनी, अमेरिकी अर्थतन्त्र र एआई क्षेत्रमा अमेरिकाको अग्रता कायम राख्न आवश्यक रहेको तर्क गरेका छन्। हुआङसँग रहेको विशिष्ट प्राविधिक ज्ञान र अनुभवका कारण उनलाई चीनले आफ्नो पक्षमा ल्याउन सक्ने जोखिमसमेत आफूले विचार गरेको ट्रम्पको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद आजदेखि सुरु

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुने भएको छ । तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछ । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र... ...

रातोपाटी
संघीय संसद्का चार समितिको बैठक बस्दै
Latest NewsJust now

संघीय संसद्का चार समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक लेखा समितिको सोह्रौँ बैठक बिहान ९: ३० बजे बस्नेछ । बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गर्ने कार्यसूची छ । त्यस्तै आज महिला तथा सामाजिक मामिला समितिको तेइसौँ बैठक बिहान ९ बजे ...

कर्पोरट खबर
ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का
Latest NewsJust now

ताप्लेजुङ–सिक्किम सीमा क्षेत्रमा भूकम्पको धक्का

काठमाडौँ । पूर्वी नेपाल र भारतको सिक्किम सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार नेपाली समयअनुसार बिहान ७... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement