Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाका सीईओसँग जोडिएको विवादमा अमेरिकी अनुसन्धानलाई सहयोग गर्ने मेगास्पिडको प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाका सीईओसँग जोडिएको विवादमा अमेरिकी अनुसन्धानलाई सहयोग गर्ने मेगास्पिडको प्रतिबद्धता
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको विवादको केन्द्रमा रहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी ‘मेगास्पिड’ले अमेरिकी राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। एनभिडियाका सीईओ हुआङले चीनकी एक महिलासँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेपछि मेगास्पिड इन्टरनेसनलले बिहीबार पहिलो पटक यस विषयमा सार्वजनिक धारणा व्यक्त गरेको हो। ती महिला कम्पनीकी पूर्व उच्च अधिकारी हुन्। मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी कानुन पालना गर्ने आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । कम्पनीका अध्यक्ष तथा सीईओ टान योङ पोङ (जेम्स टान) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मेगास्पिड अमेरिकी सरकारसँग रचनात्मक र पारदर्शी ढङ्गले सहकार्य गर्न प्रतिबद्ध छ।” यसैबीच, एनभिडियाका सीईओ जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। मेगास्पिडले राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनामा असर परेको निष्कर्ष निकाल्नुपर्ने कुनै आधार नरहेको जनाएको छ। यद्यपि, कम्पनीले आफ्नै आन्तरिक छानबिनमार्फत उपलब्ध सबै सूचनाको परीक्षण गर्ने बताएको छ। हुआङ र ती महिलाबीचको सम्बन्धबारे विस्तृत विवरण सार्वजनिक भएको छैन । ‘द न्युयोर्क टाइम्स’ का अनुसार, ती महिला एलिस हुआङ हुन्। उनी मेगास्पिडमा उच्च पदमा कार्यरत थिइन्। मेगास्पिडले आफ्नो वेबसाइटमा एनभिडियासँगको साझेदारीलाई प्रमुखताका साथ उल्लेख गरेको छ। गत महिना ‘द न्युयोर्क टाइम्स’ ले अमेरिकी गुप्तचर निकायहरूले एनभिडियाका सीईओ हुआङ र एलिस हुआङबीच घनिष्ठ सम्बन्ध रहेको पत्ता लगाएको तथा ती महिलाले बेइजिङलाई प्रत्यक्ष रूपमा सूचना उपलब्ध गराइरहेको निष्कर्ष निकालेको समाचार प्रकाशित गरेको थियो। त्यसपछि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान गरिरहेको बताएका थिए। गत वर्ष मेगास्पिडमाथि एनभिडियाका अत्याधुनिक कम्प्युटर चिप अवैध रूपमा चीन पठाएको आरोप लागेको थियो । तर, गत डिसेम्बरमा कम्पनीले त्यस्तो निर्यात भएको कुनै प्रमाण नरहेको जनाएको थियो । सिङ्गापुरले पनि उक्त आरोपबारे अनुसन्धान गरिरहेको बताएको छ। चीनले भने हुआङलाई फसाउने प्रयास गरेको भन्ने आरोप अस्वीकार गरेको छ। विश्वकै सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि सञ्चालनका लागि आवश्यक चिप उत्पादन गर्ने अग्रणी कम्पनी हो। पछिल्ला वर्षहरूमा चीनमा एनभिडियाका चिप बिक्रीमा लगाइएका प्रतिबन्ध खुकुलो पार्न हुआङले अमेरिकी सरकारसमक्ष पैरवी गर्दै आएका छन्। गत जनवरीमा उनले आफ्नो एच२०० चिप चीनमा बिक्री गर्न राष्ट्रपति ट्रम्पबाट अनुमति पाएका थिए। बिहीबार जारी विज्ञप्तिमा मेगास्पिडले अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गतको उद्योग तथा सुरक्षा ब्युरो (बीआईएस) सँग सहकार्य गरिरहेको जनाएको छ। उक्त निकायले प्रविधिको निर्यातमा राष्ट्रिय सुरक्षा प्रतिबन्ध कार्यान्वयन गर्ने जिम्मेवारी सम्हाल्छ। कम्पनीले अन्य सम्बन्धित अमेरिकी सरकारी निकायसँग पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले आफ्ना कम्प्युटर चिपको विस्तृत सूची तयार पार्न र निर्यात नियन्त्रणसम्बन्धी कानुनी प्रावधानको पालना भए–नभएको परीक्षण गर्न अमेरिकी कानुन फर्म नियुक्त गरेको जनाएको छ । मेगास्पिडले सरकारी निकायबाट हुने उचित निगरानीलाई स्वागत गर्दै जिम्मेवार, पारदर्शी र प्रचलित अमेरिकी कानुनअनुसार सञ्चालन भइरहेको प्रमाणित गर्न ठोस कदम चाल्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । रासस/एपी The post एनभिडियाका सीईओसँग जोडिएको विवादमा अमेरिकी अनुसन्धानलाई सहयोग गर्ने मेगास्पिडको प्रतिबद्धता appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आफ्नो ‘सुपर नेटवर्क’ मा कुन मोबाइल नेटवर्क जोडिएका छन् भन्नेबारे गुगल मौन
TechnologyJust now

आफ्नो ‘सुपर नेटवर्क’ मा कुन मोबाइल नेटवर्क जोडिएका छन् भन्नेबारे गुगल मौन

गुगल फाइ वायरलेसले आफ्ना धेरै ग्राहकले अब दुईवटा मोबाइल नेटवर्कबीच स्विच गर्न सक्ने सुविधालाई प्रमुखताका साथ प्रचार गरिरहेको छ। तर, ती नेटवर्क कुन कम्पनीका हुन् भन्ने जानकारी दिन भने गुगलले आनाकानी गरेको छ। अमेरिकाको मोबाइल भर्चुअल नेटवर्क अपरेटर (एमभीएनओ) गुगल फाइ वायरलेसले यसै साता आफ्नो नयाँ ‘सुपर नेटवर्क’ सेवा सुरु गरेको घोषणा गरेको छ। यस सेवाले प्रयोगकर्तालाई दुईवटा घरेलु 5G मोबाइल ...

टेक्नोलोजी खबर
तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार
TechnologyJust now

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल उपकरण विकास गरेका छन्। अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सले बुधबार जारी गरेको विज्ञप्तिअनुसार, ‘रिप आय’ नामक उक्त परियोजनाअन्तर्गत विकसित उपकरणले समुद्रको सतह र छालको अवस्थासम्बन्धी तस्बिर विश्लेषण गरी केही सेकेन्डमै सम्भावित खतरनाक धार पहिचान ...

टेक्नोलोजी खबर
आईफोन डुओका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज गरिएको एप्पलको भनाइ
TechnologyJust now

आईफोन डुओका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज गरिएको एप्पलको भनाइ

एप्पलको फोल्डेबल स्मार्टफोन आईफोन डुओ बजारमा आएको करिब दुई साता भएको छ। यस अवधिमा उक्त फोनका लागि एपको उपलब्धता चर्चाको विषय बनेको छ। एप्पलले अहिले एप स्टोरमा आईफोन डुओका लागि एक लाखभन्दा बढी एप तयार भइसकेको जनाएको छ। कम्पनीका अनुसार प्रत्येक दिन हजारौँ नयाँ अप्टिमाइज गरिएका एप थपिँदै छन्। एप्पलकी विश्वव्यापी डेभलपर सम्बन्ध विभागकी उपाध्यक्ष सुसान प्रेस्कटले डेभलपरहरूले नयाँ फोनलाई तीव्र ...

टेक्नोलोजी खबर
१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित नयाँ बजेट फोन ‘भिभो भिभो वाई६के’ सार्वजनिक
TechnologyJust now

१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित नयाँ बजेट फोन ‘भिभो भिभो वाई६के’ सार्वजनिक

भिभोले आफ्नो पछिल्लो स्मार्टफोनको रूपमा ‘भिभो वाई६के’ सार्वजनिक गरेको छ। यस डिभाइसमा १२० हर्जको डिस्प्ले र ६५०० एमएएचको ब्याट्री दिइएको छ। यो मिडियाटेक डाइमेन्सिटी ६३०० चिपसेटद्वारा सञ्चालित छ र यसमा एन्ड्रोइड १६ प्रि-इन्स्टल गरिएको छ। फोनमा १३ मेगापिक्सेलको क्यामरा छ र यसले फास्ट चार्जिङलाई समर्थन गर्छ। यसलाई कम्पनीको बजेट स्मार्टफोन श्रेणी अन्तर्गत ल्याइएको हो। भिभो वाई६के (Vivo Y6k) कम्पनीको घरेलु बजारमा सार्वजनिक ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play