Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ। एनपीएल सिजन ३ को सह-प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो। प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाज पल्सरले ‘पल्सर पावर प्ले च्याम्पियन’ पहल पनि सञ्चालन गरेको थियो। यसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। यस पहलले खेलाडीको प्रदर्शनलाई सम्मान गर्नुका साथै खेलको रोमाञ्चकता थप बढाएको थियो। त्यस्तै, पल्सर पावर प्ले प्रेडिक्शन गेममा सहभागी क्रिकेट समर्थकहरूको उत्साहपूर्ण सहभागिताले प्रतियोगितालाई थप रोचक बनाएको थियो। प्रेडिक्शन गेमका विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागी तथा स्मार्टवाच विजेताहरूलाई पनि बजाज पल्सरले बधाई व्यक्त गरेको छ। एनपीएल सिजन ३ लाई सफल बनाउन योगदान पुर्‍याउने खेलाडी, टोली, आयोजक, पदाधिकारी, साझेदार तथा क्रिकेट समर्थक सबैप्रति बजाज पल्सरले आभार व्यक्त गरेको छ। नेपाली खेलकुदको विकासमा योगदान पुर्‍याउँदै प्रतिभाको पहिचान, खेल उपलब्धिको सम्मान र खेलाडी तथा समर्थकबीचको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धतासहित बजाज पल्सर आगामी सिजन ४ र ५ मा पनि जोडिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमणका उपलब्धि
Latest NewsJust now

बालेनको भारत भ्रमणका उपलब्धि

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणमा आर्थिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता घोषणा, आठवटा समझदारीपत्र आदानप्रदान, २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति र ‘समुन्नत नेपाल, विकसित भारत’ निर्माणको साझा लक्ष्यसहित संयुक्त दृष्टिपत्र (ज्वाइन्ट भिजन पेपर) स्वीकृत भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुनै ठूलो कूटनीतिक वा नीतिगत छलाङ ...

नेपालन्युज
पल र सनिषाको जोडीमा सजियो ‘सुनबुकी फूल’
Latest NewsJust now

पल र सनिषाको जोडीमा सजियो ‘सुनबुकी फूल’

काठमाडौं । लोकप्रिय अभिनेता पल शाह तथा अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको नयाँ नेपाली यूगल गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सोमबार दिउँसो दर्शकमाझ ल्याइएको हो । यो कर्णप्रिय गीतमा गायिका मिलन नेवार तथा गायक मार्मिक लामाको स्वर रहेको छ । गीतका शब्दहरु राजनराज शिवाकोटी तथा गोविन्द भट्टले लेखेका ...

केन्द्रबिन्दु
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट
Latest NewsJust now

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

काठमाडौँ, मङ्सिर ७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाच... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement