Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बन्यो । रुबेन ट्रमपलम्यानले दवस्रो अन्तिम बलमा रुपेश सिंहलाई छक्का प्रहार गरेपछि लुम्बिनीले १६७ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीसँगै सुदूरपश्चिम रोएल्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो । आज लुम्बिनीले विराटनगरलाई हराएपछि र काठमान्डु गोर्खाज र चितवन राइनोजले आफ्नो खेल नभएपनि प्लेअफमा स्थान बनाउन सफल भएको छ । हारपछि ७ खेलबाट ६ अंक जोडेर विराटनगर लिग चरणबाटै बाहिरिएको छ । चितवनले आइतबार कर्णाली याक्सविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको छ । चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । साथै चितवनले एलिमिनेटर खेल्ने पनि पक्का भएको छ । चितवनले अन्तिम खेल जितेपछि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सलाई भेट्ने छैन । अन्तिम खेलमा जितपछि लुम्बिनी ७ खेलबा६ ११ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ र पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । अब लुम्बिनीसँग पहिलो क्वालिफायर खेल्ने टोलीको टुङ्गो आइतबारको खेलपछि हुनेछ । सुदूरपश्चिमले पनि ७ खेल खेलिसकको छ र १० अंक जोडेर दोस्रो स्थानमा छ । ६ खेल खेलेको काठमान्डु ८ अंकसहित तेस्रो स्थानमा छ । काठमान्डुले आफ्नो अन्तिम लिग खेल आइतबार पोखरा एभेन्जर्ससँग खेल्नेछ । यदी काठमान्डुले उक्त खेल जितेमा सुदूरपश्चिमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ र पहिलो क्वालिफायर खेल्नेछ । एनपीएलको दोस्रो संस्करणमा प्लेअफ खेलेका चार मध्ये तीन टोली लुम्बिनी, सुदूरपश्चिम र काठमान्डुले तेस्रो संस्करणमा पनि प्लेअफमा स्थान बनाउँदा चितवन दोस्रो पटक प्लेअफ पुगेको हो । चितनवले पहिलो संस्करणमा पनि प्लेअफ खेलेको थियो । यस्तै सुदूरपश्चिम तीनवटै संस्करणमा प्लेअफ पुग्ने एक्लो टिम बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play