Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एनपीएल समूह चरण: सर्वाधिक विकेट लिने १२ बलरमा ७ नेपाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल समूह चरण: सर्वाधिक विकेट लिने १२ बलरमा ७ नेपाली
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बलरहरू हाबी देखिएका छन्। समूह चरणका खेलहरू सकिँदा नेपाली र विदेशी बलरहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रतियोगितामा चार जना बलरले सर्वाधिक १२-१२ विकेट लिएका छन्, जसमा तीन जना नेपाली खेलाडी छन्। जनकपुर बोल्ट्सका राहुल यादव, चितवन राइनोजका कमलसिंह ऐरी र रिजन ढकाल तथा काठमान्डु गोर्खाजका पाकिस्तानी खेलाडी जहानदाद खानले समान १२ विकेट लिएका छन्। कमलसिंह ऐरीले सबैभन्दा कम पाँच खेलमा यो उपलब्धि हासिल गरेका हुन्। राहुल यादवले सात खेलमा १२ विकेट लिँदै प्रतियोगिताको ‘सरप्राइज प्याकेज’ बनेका छन्। रिजन ढकालले छ खेलमा १२ विकेट लिएका छन् भने जहानदाद खानले सात खेलमा समान १२ विकेट पूरा गरेका छन्। त्यसैगरी, जनकपुरका हरमीत सिंह र कर्णाली याक्सका मार्क वाटले ११-११ विकेट हात पारेका छन्। हरमीत सिंहको इकोनोमी ५.६६ रहेको छ, जुन शीर्ष बलरहरूमध्ये सबैभन्दा किफायती हो। १० विकेट लिने खेलाडीहरूको सूचीमा सुदूरपश्चिम रोयल्सका अनिल खरेल, कर्णाली याक्सका हुसैन तलात र सोमपाल कामी रहेका छन्। अनिल खरेलले छ खेलमा १० विकेट लिँदै ९.१० को बलिङ औसत कायम गरेका छन्। नौ विकेट लिने खेलाडीहरूमा लुम्बिनी लायन्सका शेर मल्ल, पोखरा एभेन्जर्सका विपिन खत्री र सुदूरपश्चिमका स्कट कुगलेइन रहेका छन्। समूह चरणको तथ्यांक हेर्दा सर्वाधिक विकेट लिने शीर्ष १० बलरमध्ये ६ जना नेपाली खेलाडी छन्। यसले राष्ट्रिय टोलीका लागि नयाँ विकल्पहरू तयार भइरहेको संकेत गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन
Latest NewsJust now

सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन

धनगढी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा अछामले उपाधि जितेको छ । महिलातर्फ भने कैलाली च्याम्पियन बनेको छ । सोमवार डडेलधुरामा सम्पन्न पुरुष भलिबलको... ...

रातोपाटी
सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने
Latest NewsJust now

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा .। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो... ...

रातोपाटी
साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी
Latest NewsJust now

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

कामबाट हटाइएपछि महिनौंसम्म पारिश्रमिक नपाउने र अर्को रोजगारीमा जान वा स्वदेश फर्कनसमेत कठिनाइ भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ । ...

कान्तिपुर
दुधको मूल्य बढाउन किसानको माग
Latest NewsJust now

दुधको मूल्य बढाउन किसानको माग

मोहसिन अलिभरतपुर, कात्तिक ३० गते। बढ्दो महँगी र उत्पादन लागत वृद्धिलाई मध्यनजर गर्दै कच्चा दुधको न्यूनतम खरिद मूल्य बढाउन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । हाल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play