Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : सन्दीप लामिछानेको ह्याट्रिकसहित लिए ६ विकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : सन्दीप लामिछानेको ह्याट्रिकसहित लिए ६ विकेट
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्। पोखरा एभेन्जर्सविरुद्धको खेलमा सन्दीपले ३ ओभरमा २३ रन खर्चेर ६ विकेट लिएका हुन्। उनको उत्कृष्ट बलिङसँगै पोखराको मध्यक्रम ध्वस्त भएको छ। सन्दीपले खेलको १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। यससँगै उनी जारी सिजनमा एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन्। यसअघि खेलेका पाँच खेलमा एक विकेट मात्रै लिएका सन्दीपले छैटौँ खेलमा भने असाधारण प्रदर्शन गरेका हुन्। सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने चौथो खेलाडीसमेत बनेका छन्। यसअघि विराटनगरकै प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिइसकेका छन्। यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एकै खेलमा ६ विकेट लिएका थिए। सन्दीपको यो प्रदर्शनले जारी प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत बलिङ प्रदर्शनको सूचीमा अर्को कीर्तिमान थपेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’
Latest NewsJust now

‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानद्ववारा संयुक्त रूपमा आयोजित ‘एड्भान्सिङ द माउन्टेन एजेन्डास् ग्लेसियर्स, क्रायोस्फियर एन्ड रिजिलियन्स अन्डर ओभरसुट, शेयर्ड रिस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमालमा देखिएको […] ...

लोकपथ
एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो
Latest NewsJust now

एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ । पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर २ बलमा... ...

रातोपाटी
मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?
Latest NewsJust now

मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?

पिसाब तथा दिसा नियन्त्रण गर्न नसक्नेदेखि लिएर दीर्घकालीन शारीरिक दुखाइ र मानसिक आघातजस्ता स्वास्थ्य समस्यासँग बच्चा जन्माएको वर्षौँपछि पनि लाखौँ महिला निरन्तर संघर्ष गरिरहेका छन् । बच्चा जन्माउने क्रममा महिलाको ज्यान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play