Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : पोखराले विराटनगरलाई १३३ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : पोखराले विराटनगरलाई १३३ रनको लक्ष्य
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई १३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो । जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। ५ खेलबाट ४ अंक बटुलेको विराटनगर प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने बाध्यतामा छ । ५ मध्ये १ खेल मात्रै जितेको पोखराको प्लेअफ ढोका लगभग बन्द भएको छ । पोखरा आफ्नो प्रतिष्ठाको लागि आज खेल जित्ने दाउमा छ । आजै बेलुकी ५ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भिमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
OthersJust now

भिमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल,सर्लाही चक्रघट्टा गा.पा.४ सुन्दरपुरटोल बस्ने राकेश यादव,सुरेश यादव र सोही बस्ने छोटु यादव ,२६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ...

पर्दाफास
भीमफेदी दुर्घटना : ११ जनाको मृत्यु, यी हुन् मृतक
OthersJust now

भीमफेदी दुर्घटना : ११ जनाको मृत्यु, यी हुन् मृतक

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल सहित ११ जना रहेका छन् । उनको अनुसार चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका ...

पर्दाफास
भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो
OthersJust now

भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो

२६ कात्तिक, काठमाडों । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको उनले बताए । बिहीबार बिहान करिब… ...

अनलाइन खबर
कञ्चनपुरमा एक जना मृत भेटिए
OthersJust now

कञ्चनपुरमा एक जना मृत भेटिए

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । उनकाअनुसार बुधबार घरबाट निस्किएका कार्की मटेनामा रहेको रामटोलस्थित कल्भर्ट नजिकै बिहीबार मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर कार्कीको शव परीक्षणका लागि महाकाली… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play