Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा ५ अंक जोड्दै लुम्बिनी शिर्ष स्थानमा पुगेको हो । पोखराको भने यो ह्याट्रिक हारसहित पुछारमा छ । जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे । पोखराका विपिन खत्रीले १ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो । जसमा चमिका करूणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २ विकेट लिए । यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे
OthersJust now

रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका हुन् । जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख… ...

अनलाइन खबर
कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी
OthersJust now

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play