काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो । दुई खेल खेलेको काठमाडौंको यो पहिलो जित हो । जितका लागि १८१ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । काठमाडौंको जितमा राशिद खानले सर्वाधिक ५० रन बनाए भने कप्तान करण केसीले ४४ रनको योगदान दिए ।
एनपीएल : पहिलो जितपछि के भन्छन् कप्तान करण केसी ?

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






