काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले दोस्रो विश्राम लिएयता बिहीबारदेखि फेरि खेल सुरु हुनेछ । प्लेअफ समीकरणका लागि आधार तयार हुने हुनाले अबका खेलहरू अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछन् । अबका चार खेलले ठ्याक्कै प्लेअफ पुग्ने कुनै टिमको स्पष्ट निर्णय नगरे पनि एउटा सम्भावना भने छ, प्लेअफ नपुग्ने एउटा टिमको किटान हुन सक्नेछ । यस्तोमा तेस्रो सिजनको एनपीएल सनसनीको उत्कर्षतर्फ अग्रसर छ । बिहीबार डबल हेडरमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजले विराटनगर किंग्सको सामना गर्नेछन् । शुक्रबारका दुई खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने छन् । तेस्रो विश्राममा जानु अगाडि शनिबार काठमान्डु र लुम्बिनीले एकअर्काविरुद्ध खेल्नेछन् । राउन्ड रोबिन लिगको १३ खेल समाप्तिमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी ५ अंकसहित शीर्षस्थानमा छ । त्यसपछि चार टिम ४ अंकमा छन् । यी टोलीहरू नेट रनरेटले मात्र छुट्टिएका छन् । दोस्रोदेखि पाँचौं स्थानसम्म रहनेमा विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिम छन् । त्यसपछि चितवनको ३ र काठमान्डुको २ अंक छ । तीन खेल खेलेको पोखरा अंकविहीन भएर पुछारमा छ ।
एनपीएल दोस्रो राउन्ड आज देखि, पहिलो राउन्डमा लुम्बिनी शीर्षस्थानमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






