Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्। एनपीएल तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजमा अनुबन्धित उनी आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। वार्नर अब आज (सोमबार) काठमाडौँ गोर्खाजका तर्फबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान उत्रनेछन्। आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै छन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र सन् २०२१ मा टी-२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख सदस्य थिए। यस्तै, सन् २०२१ को टी-२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ मा चुनिएका थिए। वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी-२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार रन बनाएका छन्। वार्नरले १४२ माथिको स्ट्राइक रेटमा टी-२० क्रिकेटमा तीन हजार २७७ रन बनाएका छन्। उनको नाममा आठ हजार ७८६ टेस्ट र ६ हजार ९३२ एकदिवसीय रन छ। उनले पछिल्लोपटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा खेलेका थिए। सन् २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा अविजित ३३५ रन बनाएका थिए। आज कर्णालीविरुद्ध मैदान उत्रँदा काठमाडौं गोर्खाज जारी प्रतियोगितामा पहिलो जित हासिल गर्ने दाउमा हुनेछ। यसअघि खेलेको एक मात्र खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको छ। आज कर्णालीविरुद्धको यो खेल काठमाडौंका लागि प्रतियोगितामा पुनरागमन गर्ने महत्त्वपूर्ण अवसर हुनेछ। यसका लागि विश्वस्तरीय ब्याटर वार्नर काठमाडौंगोर्खाज टोलीको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा
Latest NewsJust now

यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा

काठमाडौँ, कात्तिक १६ गते । पुरुष यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेक... ...

गोरखापत्र
ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै
Latest NewsJust now

ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै

धनकुटाको सिंधुवाबाट महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जोड्ने १२ किलोमिटर सडकमध्ये चार किलोमिटर खण्डका लागि ११ करोड ९ लाख रुपैयाँको ठेक्का लागेको छ। ...

कान्तिपुर
काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै
Latest NewsJust now

काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णाली याक्सलाई ब्याटिङका लागि बोलाएका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play