Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो । जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाए। कर्णालीका मार्क वाटले २ विकेट लिए। आजको जितसंगै सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको छ। कर्णाली भने चौथोमा झरेको छ। यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ। आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ। अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता
OthersJust now

मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् । ...

अनलाइन खबर
कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल
OthersJust now

कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं. १ द्वारा शुक्रबार रत्ननगरमा आयोजित कार्यक्रममा उनले पार्टी माथि नियोजित रूपमा प्रहार गर्ने र पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाए । ‘नेपाली… ...

अनलाइन खबर
उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू
OthersJust now

उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागीहरूलाई निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले एक विज्ञप्ति जारी गर्दै ७ बुँदे निर्देशन जारी गरेका हुन् । जसमा निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार… ...

अनलाइन खबर
स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल
OthersJust now

स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारले पश्चिमा शक्तिहरूको स्वार्थअनुरूप काम नगरे उनीहरूले नै सरकार ढालिदिने दाबी गरेका छन् । एमाले दमक नगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । एमाले, कांगेस, तत्कालीन माओवादीलगायतका दलले पश्चिमा शक्तिको स्वार्थ पूरा नगरेपछि ती शक्तिहरूविरुद्ध आक्रमण गरेर पार्टी भवन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play