काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एनपीएलले नेपाली क्रिकेटको मात्रै नभई पर्यटन क्षेत्रको विश्वभर प्रवर्द्धनमा गरिरहेको बताएका छन् । एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ को उद्घाटनका क्रममा मन्त्री उनले यस्तो बताएका हुन् । उनले जारी एनपीएल क्रिकेट लिगले पछिल्लो समय आमदर्शकले माग गरिरहेको अवसर समेटेको बताएका छन् । मन्त्री पोखरेलले लामो समयदेखि खेललाई प्रतिस्पर्धाका रूपमा मात्रै हेर्दै आए पनि यस्ता प्रतियोगिताले खेल इकोसिस्टमलाई समेत सहयोग गरिरहेको बताए । उनले भने, ‘खेल क्षेत्र बलियो बन्न व्यापार र लगानीका हिसाबले पनि यस्ता प्रतियोगिताको भूमिका महत्त्वपूर्ण हुने गर्छ । यस्ता कार्यक्रमले खेलसम्बन्धी हाम्रा धारणा परिवर्तन गर्न भूमिका मात्रै नखेल्ने नयाँ–नयाँ अवधारणाको सुरुआत पनि गर्छ ।’ एनपीएलले यस्ता अवधारणा स्थापित गर्न सकिन्छ भन्ने विश्वास जगाएको उनले बताए । तीन वर्षदेखि एनपीएल नेपालमा मात्रै नभएर विश्वमै उदाहरणका रूपमा स्थापित भइरहेको उनको भनाइ छ । उनले भने, ‘विश्व क्रिकेट समुदाय र समग्र खेल समुदाय नै नेपाली क्रिकेटबारेमा चर्चा गरिरहेको पाएको छु । यसले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको स्पष्ट पार्छ । अब यो क्रिकेटमा मात्रै सीमित हुन भएन । अन्य खेलहरूलाई पनि क्रिकेटमा जस्तै गरी हामीले साथ र सहयोग गर्न आवश्यक छ ।’
एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






