Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् । एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका छन् । यस्तै विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका छन् । जसमा आन्द्रे,मोइन,हसन,मलानबाहेक सबै नेपाली खेलाडी छन् । आठ प्लेयर अफ दी म्याचमा पनि नेपालीकै नाममा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ खेल सम्पन्न हुँदा प्लेयर अफ दी म्याचमा पनि नेपाली खेलाडीकै वर्चश्व देखिएको छ । १३ मध्ये एक खेल वर्षाका कारण रद्द भएकोमा १२ खेल भएका थिए । जसमा ८ नेपाली र ४ विदेशीले प्लेयर अफ दी म्याच पाए । आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका खेलाडी प्लेयर अफ दी म्याच चुनिँदै ५० हजार पुरस्कार पाउने गरेका छन् । प्लेयर अफ दी म्याच पाउने नेपाली खेलाडीमा लुम्बिनीका शेर मल्ल,चितवनका कमलसिंह ऐरी,कर्णालीका कप्तान सोमपाल कामी, युनिश विक्रम सिंह, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी,जनकपुरका राहुल यादव, तृतराज दास र काठमाडौंका कप्तान करण केसी रहेका छन् । यस्तै विदेशी खेलाडीमा सुदूरपश्चिमका ब्रान्डन म्याकमलेन,विराटनगरका आन्द्रे रसेल,लुम्बिनीका रुबेन ट्रम्पेलम्यान रहेका छन् । रसेल दुई खेलमा प्लेयर अफ दी म्याच भएका थिए । सर्वाधिक रन र व्यक्तिगत उच्च स्कोरमा पनि नेपाली खेलाडी हालसम्म सर्वाधिक रन बनाउने खेलाडीको पहिलो नम्बरमा विराटनगरका लोकेश बम रहेका छन् । लोकेशले चार खेलमा दुई अर्धशतकसहित १८८ रन जोड्दै सर्वाधिक रन बनाउने सूचीको पहिलो नम्बरमा रहेका छन् । सर्वाधिक रन बनाउने दोस्रो नम्बरमा विराटनगरका विदेशी खेलाडी आन्द्रे रसेल रहेका छन् । रसेलले एक अर्धशतकको मद्दतमा १४१ रन बनाएका छन् । ११९ रन बनाएका कर्णालीका अरिफूल इस्लाम तेस्रो,११२ रन बनाएका जनपुरका सैफ हसन चौथो र १०८ रन बनाएका जनकपुरकै मोइनल अली पाचौं स्थानमा रहेका छन् । लोकेश प्रतियोगितामा उच्च व्यक्तिगत रन बनाउने खेलाडी समेत हुन् । उनले एकटै खेलमा बनाएको ८७ रन व्यक्तिगत उच्च रन हो । लोकेश सर्वाधिक छकका र चौका हिर्काउने खेलाडीको पहिलो नम्बरमा समेत छन् । उनले हालसम्म १६ छ्रक्का र ११ चौका हानेका छन् । यो सूचीको दोस्रो नम्बरमा विराटनगरकै आन्द्रे रसेल छन् । उनले १४ छक्का र ८ चौका हिर्काएका छन् । सर्वाधिक विकेट लिनेमा विदेशी र क्याच गर्नेमा नेपाली सर्वाधिक विकेट लिने खेलाडीमा भने विदेशी खेलाडी अगाडी रहेका छन् । जनकपुरका मोइन अली ७ विकेट लिदैं पहिलो स्थानमा छन् । समान ७/७ विकेट लिएका विराटनगरका एन्जेलो म्याथ्यूज र कर्णालीका कप्तान सोमपाल कामी क्रमशस् दोस्रो र तेस्रो स्थान छन् । समान ६/६ विकेट लिएका सुदूरपश्चिमका अनिल खरेल चौथो र जनकपुरका कप्तान हर्मित सिंह पाचौं नम्बरमा रहेका छन् । सबैभन्दा बढी क्याच समात्नेमा कर्णालीका गुल्सन झा रहेका छन् । उनले ५ क्याच समातेका छन् । यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुरका राहुल यादवले ४/४ क्याच लिएका छन् । सर्वाधिक रन बनाउने टिममा कर्णाली याक्स रहँदा कम बनाउने सुदूरपश्चिम रहेको छ । कर्णालीले एकै इनिङमा १८७ रनाएको उच्च स्कोर हो । सुदूरपश्चिमले बनाएको ७० रन बनाएको न्यून स्कोर हो । वर्षाका कारण ५ ओभरमा घटाइएको विराटनगरविरुद्धको खेलमा सुदूरपश्चिमले ७० रन थियो । उच्च साझेदारी लोकेश बम र इमरान शेखबीच प्रतियोगितामा विराटनगरका लोकेश बम र इमरान शेखबीच भएको १०७ रनको साझेदारी नै उच्च हो । जनकपुरकाविरुद्ध लोकेश र इमरानले यो उच्च साझेदारी गरेका हुन् । अंकतालिकामा लुम्बिनी पहिलो पोखरा पुछारमा कीर्तिपुर मैदानमा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । सहभागीमध्ये हालसम्म लुम्बिनी ५ अंकका साथ पहिलो स्थानमा छन् । समान ४/४ अंक भएका विराटनगर,कर्णाली,जनकपुर,सुदूरपश्चिम क्रमशस् दोस्रो,तेस्रो,चौथो र पाचौं स्थानमा रहेका छन् । अंकतालिकाको छैटौं स्थानमा भने चितवन, सातौं स्थानमा काठमाडौं र पुछारमा पोखरा रहेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता मंसिर ५ गते समापन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीको टिप्पणी- उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला
OthersJust now

नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीको टिप्पणी- उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला

बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने- 'उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला ।' ...

अनलाइन खबर
मेरो सम्पत्ति छानबिन होस्, गल्ती देखिए विपक्षीको घरमा भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन
OthersJust now

मेरो सम्पत्ति छानबिन होस्, गल्ती देखिए विपक्षीको घरमा भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन

‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्देखि निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु,’ उनले भने, ‘ ...

अनलाइन खबर
‘आईजीपी परिवर्तनको निर्णयले प्रहरीमा गलत सन्देश गयो’
OthersJust now

‘आईजीपी परिवर्तनको निर्णयले प्रहरीमा गलत सन्देश गयो’

काठमाण्डु- वालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई प्रहरी प्रमुख बनाएको छ। २०८२ कात्तिक २४ गते नेपाल प्रहरीको ३३औँ महानिरीक्षक नियुक्त भएका कार्कीको कार्यकाल अझै डेढ वर्ष पाँच महिना बाँकी थियो। कार्यकाल पूरा नहुँदै सरकारले उनलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त […] ...

काठमाण्डुपाटी
भोटेकोशी बाढीका मृतक र बेपत्ताको पहिचान गर्न पहिलोपटक डीभीआई टोली गठन
OthersJust now

भोटेकोशी बाढीका मृतक र बेपत्ताको पहिचान गर्न पहिलोपटक डीभीआई टोली गठन

भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएकाहरूको पहिचानलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक विपद् पीडित पहिचान टोली (डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन–डीभीआई) गठन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी विपद्पछि शव पहिचानमा त्रुटि हुन नदिन डीभीआई टोली गठन गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । उनका अनुसार शवको पहिचानका लागि एन्टिमोर्टम र पोस्टमार्टम विवरण ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play