काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले ह्याट्रिकसहित ६ विकेट लिएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले ३ ओभरमा २७ रन खर्चिएर ६ विकेट हात पारे । उनको यो प्रदर्शन एनपीएलकै उत्कृष्ट हो । साथै उनी यो तेस्रो संस्करणमा ह्याट्रिकसहित ६ विकेट लिने पहिलो खेलाडीसमेत हुन् । सन्दीपले आफ्नो स्पेलमा पोखराका ब्याटरहरूलाई लगातार दबाबमा राख्दै एकै ओभरमा तीन विकेट लिएका थिए । पोखराका लागि युवराज सामराले सर्वाधिक ८४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
एनपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन, ह्याट्रिकसहित लिए ६ विकेट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






