Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित दर्ता, कर्णालीको यात्रा पनि कठिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित दर्ता, कर्णालीको यात्रा पनि कठिन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा कर्णाली याक्समाथि पोखराले ६३ रनको रवाफिलो जित निकालेको हो । पाँच खेलमा सुरुवातका ४ खेल लगातार हारेर प्लेअफको यात्रा कठिन बनाएको पोखराले आज पहिलो जित आफ्नो पोल्टामा पारेको हो । पोखराले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्स १८.३ ओभरमा १५४ रनमै अलआउट भयो। कर्णालीका लागि पवन सर्राफले ३१ बलमा ३२ रन जोडे भने आरिफ इस्लामले २४ रन र दिपक प्रसाद डुम्रेले ७ बलमा २२ रन बनाए। त्यस्तै, कप्तान सोमपाल कामीले २१ रन र सूर्य तामाङले १३ रन योगदान दिए पनि टोलीलाई जिताउन सकेनन्। पोखराका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा माहेदी हसनले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे । यसैगरी, धनञ्जय लक्षन, कुशल भुर्तेल र विपिन खत्रीले समान २-२ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सानदार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रनको विशाल स्कोर बनाएको थियाे । याे सिजनकै अहिलेसम्मको सर्वाधिक ठूलो स्कोर हाे । पोखराका लागि युवराज सिंह सामराले ऐतिहासिक शतक प्रहार गर्दै ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रनको उत्कृष्ट इनिङ्स खेले। उनको यो एनपीएलमा पहिलो शतक हो र एनपीएल तेस्रो सिजनमा उनी शतक हान्ने पहिलो खेलाडी पनि बने । क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । त्यस्तै, कुशल भुर्तेलले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३९ बलमा ७ छक्काको मद्दतले ६२ रनको अर्धशतकीय पारी खेले। यसबाहेक कप्तान चामिका करुणारत्नेले मात्र ११ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३५ रनको विस्फोटक नटआउट योगदान दिए भने सन्नी बिक ३ रनमा अविजित रहे। कर्णाली याक्सतर्फ बलिङमा सोमपाल कामीले २ विकेट र मार्क वाटले १ विकेट लिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानसँग युद्ध फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ : ट्रम्प
Latest NewsJust now

इरानसँग युद्ध फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ : ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध पुनः सुरु हुने सम्भावना अत्यन्त कम रहेको बताएका छन् । तर इरानले अमेरिकासँग भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर नगरे आवश्यक परे पुनः... ...

रातोपाटी
काठमाण्डुले गुमायाे ३ विकेट
Latest NewsJust now

काठमाण्डुले गुमायाे ३ विकेट

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा काठमाण्डु गोर्खाजले ३ विकेट गुमाएकाे छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमाण्डुले ९ ओभर ३ बलमा ३... ...

रातोपाटी
नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली
Latest NewsJust now

नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो । ...

कान्तिपुर
स्याफ्रुबेँसीमा आवतजावत सहज
Latest NewsJust now

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play