Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा दुर्लभ घटना : पोखराविरुद्ध सोमपाल कामी ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा दुर्लभ घटना : पोखराविरुद्ध सोमपाल कामी ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सका कप्तान सोमपाल कामी दुर्लभ तरिकाबाट आउट भएका छन् । उनी पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ नियमअनुसार आउट भएका हुन् । पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सोमपाल खेलको १५औँ ओभरमा आउट भएका हुन् । विपिन खत्रीको बलमा ठूलो सट प्रहार गर्न खोज्दा बल उनको ब्याटमा लागेर अगाडि खसेको थियो । त्यसपछि सोमपालले पुनः ब्याट घुमाउँदा बलमा लागेको थियो । उनले एकपटक खेलिसकेको बल फेरि खेलेपछि पोखराका फिल्डरले आउटको अपिल गरेका थिए । अनफिल्ड अम्पायरले उक्त घटनालाई डिसिजन रिभ्यु सिस्टम (डीआरएस) मार्फत जाँच गरेका थिए । रिभ्युमा सोमपालले फिल्डिङमा अवरोध गरेको देखिएपछि उनलाई आउट दिइएको थियो । क्रिकेटको नियमअनुसार ब्याटरले जानाजानी फिल्डिङमा बाधा पुर्‍याएमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ नियमअनुसार आउट हुन सक्छन् । बल रोक्ने वा फिल्डरलाई बल समात्नबाट रोक्ने उद्देश्यले अवरोध गर्नु यस नियमअन्तर्गत पर्छ । क्रिकेटमा यसरी आउट हुने घटना निकै दुर्लभ मानिन्छ । The post एनपीएलमा दुर्लभ घटना : पोखराविरुद्ध सोमपाल कामी ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा
Latest NewsJust now

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं। अर्थमन्त्री वाग्ले प्रतिष्ठित म्यागजिन ‘टाइम’द्वारा सार्वजनिक सन् २०२६ को ‘जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्व’को सूचीमा परेका छन्। जलवायु परिवर्तनका असर न्यूनीकरण र दिगो विकासमा योगदान पुर्याउने विश्वभरका व्यक्तित्वहरूलाई समेटेर उक्त सूची तयार पारिएको हो। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा सक्रिय डा. वाग्लेलाई विशेष गरी रसुवा-भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनले निर्वाह गरेको भूमिकाका कारण सूचीमा समावेश गरिएको टाइमले ...

नेपालन्युज
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा
Latest NewsJust now

चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौ गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को शीर्षस्थानमा उक्लिएको छ।  सोमबारको दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौँ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो। शीर्षस्थानमा उक्लिएसँगै काठमाडौँको प्लेअफ सम्भावना मजबुत बनेको छ।  पहिलो खेलमा पराजित भएको काठमाडौंले लगातार चौथो खेलमा जित निकाल्दै आठ अंक जोडेको छ। ... ...

नेपालखबर
तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने
Latest NewsJust now

तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने

काठमाडौं । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टासम्म सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले आवश्यक नियम, सर्त र मर्यादा पालना गर्दै देशभर देउसी-भैलो खेल्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमार्फत नेपाली मौलिक सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको देउसी-भैलो कार्यक्रम अनुशासित र मर्यादित रूपमा सञ्चालन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play