काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ । आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर आमने-सामने हुनेछन् । अहिलेसम्म तीन खेल खेलेको विराटनगरले एकमा जित र दुई खेलमा हार बेहोरेको छ । चितवन र कर्णालीसँग हार बेहोरेको विराटनगरले सुदूरपश्चिमसँग भने जित निकालेको थियो । जनकपुरले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने काठमाडौं र पोखराविरुद्ध जित निकालेको थियो । यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी र पोखरा भिड्ने छन् । लुम्बिनी लाइन्सले दुई खेल मध्ये एकमा जित निकालेको छ । सुदूरपश्चिमविरुद्धको पहिलो खेलमा लुम्बिनीले जित निकालेको थियो भने चितवनविरुद्धको दोस्रो खेल वर्षाका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो । पोखराले भने आफ्नो दुवै खेल हारेको छ । पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । लुम्बिनीविरुद्धको खेलमा पहिलो जित निकाल्ने दाउमा पोखरा छ ।
एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





![तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/sayapatri-03112026055359-watermarked.jpg)
