काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन् । ५ खेलमध्ये २ मा जित र तीनमा हार बेहोरेको विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ भने पोखरा अंक तालिकाको पुछारमा छ । पोखराले आफ्नो ५ खेल मध्ये एकमा मात्र जित निकालेको छ भने चार वटामा हार बेहोरेको छ । यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुन्छन् । यी दुई टिममा कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ भने लुम्बिनी लाइन्स अंक तालिकाको ३ तेस्रो स्थानमा छ । कर्णाली याक्सले ५ खेल खेलेकोमा दुई मा जित र बाँकी तीन खेल हारेको छ । लुम्बिनी लाइन्सले ५ खेलमध्ये तीनमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको थियो । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलको यस संस्करणमा आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
एनपीएलमा आज दुई खेल हुदै

Read Complete Original Article
Published originally on नेपालन्युज





.jpg)
