Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज दुई खेल हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज दुई खेल हुँदै
Photo / Coverage: नेपालन्युज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आज हुने खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज तथा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। दिनको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजको सामना गर्नेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ। प्रतियोगितामा कर्णाली याक्सले उत्कृष्ट सुरुवात गरेको छ। खेलेका दुवै खेलमा जित हात पारेको कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ। यता, काठमाडौं गोर्खाजले भने प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग हार बेहोरेको थियो। त्यसैगरी, चितवन राइनोजले खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ। चितवनले विराटनगर किंग्सलाई पराजित गरेको थियो भने वर्षाका कारण लुम्बिनी लायन्ससँगको खेल अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका थिए। सुदूरपश्चिम रोयल्सको प्रदर्शन भने मिश्रित रहेको छ। तीन खेल खेलेको सुदूरपश्चिमले एक जित र दुई हार बेहोरेको छ। टोलीले पोखरा एभेन्जर्सलाई पराजित गर्दा लुम्बिनी लायन्स र विराटनगर किंग्ससँग हार बेहोरेको थियो। आजका दुवै खेल टोलीहरूको अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने दृष्टिले महत्वपूर्ण रहनेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो
Latest NewsJust now

गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । इलाममा अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको स्थास्थ्य अवस्था जटिल बनेसँगै हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौँ ल्याइएको हो । इलाममा रहेका केसीका सहयोगी... ...

रातोपाटी
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते
Latest NewsJust now

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ९ गाईश्वारामा ग. १ त ५७६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अरु तीन जना घाइते भएका छन्।   वालिङ– हुवास भित्री पक्की सडक खण्डमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिन जाँदा ट्याक्टरमा सवार वालिङ – १० बस्ने ६१ बर्षीय नन्दु भन्ने नन्दलाल बुढामगर र पर्... ...

नेपालखबर
एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
Latest NewsJust now

एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो साढे १२ः३० र दोस्रो खेल साँझ ५ः०० बजे हुनेछ । चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ […] ...

लोकपथ
बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेटका लागि नेपाली टोलीको बिदाइ
Latest NewsJust now

बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेटका लागि नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले चीनमा आयोजना हुने 'बेल्ट एन्ड रोड यू-१९ महिला क्रिकेट सिरिज'का लागि नेपाली टोलीको बिदाइ गरेको छ। प्रतियोगिता नोभेम्बर ३ देखि ८ सम्म आयोजना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play