Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?
Photo / Coverage: पर्दाफास

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र पोखराबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी लिगमा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान खेल खेलेको पोखरा २ अंकका साथ अन्तिममा छ । यसैबीच, कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा ५ खेलबाट कर्णाली ४ अंक जोडेर सातौँ स्थानमा रहेको छ भने ७ अंक भएको लुम्बिनी तेस्रो स्थानमा छ । कर्णाली प्लेअफको सम्भावना बलियो बनाउन लुम्बिनीलाई हराउनै पर्ने दबाबमा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै
OthersJust now

भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाइते भएका मध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइएको हो । घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटना स्थलमा १० जना गम्भीर घाइते फेला परेका छन्… ...

अनलाइन खबर
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च
OthersJust now

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएको… ...

अनलाइन खबर
विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा
OthersJust now

विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । नेपाल संवत् ११४७ को अवसरमा मङ्गलबार आयोजित न्हुदँया भिन्तुना र्‍यालीका सहभागी तथा आन्तरिक पर्यटकले राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा बारुदजन्य पटाका पड्काएका थिए । पटाकाबाट निस्किएको आगोको झिल्कोले सयौँ वर्ष पुराना काठका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play